Thursday 29th October 2026

अर्घाखाँची जिल्ला नरपानीमा जीप दुर्घटना, तीन जनाको मृत्यु


तितोपाटी- अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड ७ को नरपानीमा स्कार्पियो जीप दुर्घटना भएको छ । दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ ज ४३३९ नम्बरको बलेरो जीप नरपानी नजिकै दुर्घटना हुँदा अरु ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । घाईतेकाे उद्वारपछि जिल्ला अस्पतला अर्घाखाँचीमा उपचार भईरहेकाे छ ।घटनाको थप विवरण आउन बाँकी छ ।मृत्‍यु हुनेहरुको पहिचान खुल्न सकेको छैन् । जीप अन्दाजी ५ सय मिटर तल खसेको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौंको यातायात व्यवस्थापनलाई सहज बनाउन निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल…

वैज्ञानिकहरूले पृथ्वीको गहिरो भागमा रहेको पग्लिएको चट्टान (म्याग्मा) भित्र ठूलो मात्रामा अक्सिजन लुकेको हुन सक्ने नयाँ तथ्य पत्ता लगाएका छन्।…

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

प्रतिकृयाहरू
...