Friday 30th October 2026

सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २८ जना घाइते


सुर्खेत –सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ। बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

प्रतिकृयाहरू
...