Wednesday 9th September 2026

हजारौँको भिडमा रवि लामिछाने


तितोपाटी- टेलिभिजन प्रस्तोता रवि लामिछानेले चितवनको धन्यवाद सभामा आफ्नो सम्बोधन सुरु गरेका छन्। नारायणी नदी किनारमा आयोजित सभामा हजारौँ समर्थककाबीच लामिछानेले आफ्नो सम्बोधन सुरु गरेका हुन्।

ठूलो संख्यामा भेला भएका समर्थकको भिडलाइ व्यवस्थित पार्न आयोजकलाई हम्मे हम्मे परेको छ। लामिछानेले पाँच लाख धरौटीमा रिहा भएपछि धन्यवाद सभाको आयोजना गरेका हुन्।पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानको क्रममा प्रहरीले रवि लामिछानेसहित तीनजनालाई पक्राउ गरेको थियो ।

आत्महत्या दुरुत्सानको मुद्दा चलाइएका रवि लामिछानेलाई सोमबार जिल्ला अदालत चितवनले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भए पनि रविसहित तीनैजनाले थप कानुनी प्रक्रियाको सामना गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...