Thursday 6th August 2026

भरतपुरमा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा विहानैदेखि माइकिङ


तितोपाटी- जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखी जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । संचारकर्मी रवि लामिछानेको रिहाइको माग गर्दै १० दिनदेखि जारी प्रदर्शन आइतबार उग्र बनेपछि प्रशासनले थप कडाई गर्न लागेको हो ।

आइतबार राती अबेरसम्म बसेको जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै आज विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने आदेश गरेको छ । भरतपुर महानगरपालिका १० स्थित मुद्धाको अनुसन्धान,अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा चार किल्ला निर्धारण गरी भेला र प्रदर्शन निषेध गरिएको छ । तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदान गर्न खोजे कडा कारवाही गरिने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । उहाँले नागरिकको जिउधनलाई ध्यानमा राख्दै शान्ती, सुरक्षा कायम राख्ने उदेश्यले यस्तो आदेश गरिएको बताउनुभयो ।

प्रशासनले पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालय चोकदेखी घरेलु कार्यालयको चोकसम्म र पश्चिममा पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी अस्पताल चोकदेखी चौविसकोठी चोकसम्म को क्षेत्रमा निषेध जारी गरेको छ । यस्तै उत्तरमा बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्याललको चोकदेखी भरतपुर अस्पताल,पुरानो मेडिकल कलेज जाने चोक,नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गतर्फको चौविसकोठी चोकसम्म र दक्षिणमा बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखी दूरसंचार चोकहुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म पाँच जनाभन्दा बढि भेला र प्रदर्शन गर्न पाइने छैन् । निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रहरीले विहानैदेखि माइकिङ गरिरहेको छ ।

आइतबार मात्रै भरतपुरमा भएको झडपमा चार प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । सो क्रममा प्रहरीले १० जनालाई पक्राउ गरेको छ भने दर्जन बढि अश्रुग्याँस प्रहार गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको अभियोगमा लामिछानेसँगै युवराज कँडेल र अस्मिता कार्की बिरुद्ध आइतबार चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दायर भएको थियो । एक नम्बर इजलाशमा अस्मिता कार्कीको बयान सकिएको छ ।

यस्तै रवि र युवराज कँडेलको आज बयान हुँदैछ । दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस सुरु हुने जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो । उनीहरू तीनै जना साउन ३० गते पक्राउ परेका हुन् । रविका समर्थकले भने निर्दोष रहेको दाबीसहित निरन्तर आन्दोलन गर्दै आएका छन् ।


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...