Thursday 6th August 2026

रवि लामिछानेलाई आज अदालतमा पेश गरिँदै


तितोपाटी- हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) अदालतमा पेश गर्दैछ । चितवन प्रहरीको हिरासतमा रहेका उनलाई अदालतले अनुसन्धानका लागि ५ दिनको समय दिएकाले आज अदालत पेश गर्न लागिएको हो ।

अदालतले दिएको ५ दिनको समय हिजो (शनिबार) नै पूरा भएपनि सार्वजनिक भएकाले आज अदालत पेश गर्न लागेको हो । आज प्ररहरीले रविसहितका तीन जनालाई अदालत पेश गर्नेछ । न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर चितवन लगेको थियो । चितवन लगेको भोलिपल्ट शुक्रवार लामिछानेलाई प्रहरीले अदालतमा पेश गरेको थियो ।

शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा उनले रविसहितका तीन जनाका कारण आफू आत्महत्या गर्ने अवस्थामा पुगेको उल्लेख गरेपछि प्ररहीले थप अनुसन्धानको लागि भन्दै अदालतमा १० दिनको समय मागेको थियो । तर अदालते पाँच दिनको समय उपलव्ध गरायो ।

पाँच दिनको समयभित्र वयान नसकिएको र रिपोर्टहरु नआएको भन्दै प्रहरीले पुन म्याद थपको लागि भन्दै गत मंगलबार रविलाई फेरि अदालतमा पेश गरेको थियो । अदालतले पुन पाँच दिनको समय उपलव्ध गराएको थियो । यसअनुसार रविको पाँच दिन शनिबार पूरा भएको छ । सार्वजनिक विदा परेका कारण अदालतले दिएको समय भन्दा पनि एक दिन बढी समय रविले प्रहरी हिरासतमा बस्नु परेको छ ।

फेरि म्याद थपिने शंका

अदालतले दोस्रो पटक म्याद थपेपछि जारी भएको एक अडियोमा रविले आफूलाई पुनः म्याद थप गर्ने आशंका व्यक्त गरेका छन् ।पत्रकार टेकनारायण भट्टराईले हिरासतमा रहेका रविसँग गरेको कुराकानी अडियो सार्वजनिक भएको थियो । जसमा रविले आफूलाई विभिन्न वाहनामा पुन म्याद थप्ने योजना रहेको आशंका व्यक्त गरेका थिए । ‘इमेल गरेर उपलव्ध हुने कल डिटेल रिपोर्ट आएन रे !’ रविले अडियोमा भनेका छन्,‘ यस्ता वाहनामा पुन म्याद थपको तयारी भएको छ ।’

प्रहरीको उच्च सुरक्षा श्रोतको दावी अनुसार रवि माथिको थप अनुसन्धान पूरा नभएका कारण अदालतसमक्ष कम्तिमा पाँच दिन समय माग्ने तयारी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...