Saturday 15th August 2026

पाँच जना वडाध्यक्षद्धारा सामूहिक राजिनामा


बाजुरा – मनोमानी र एकलौटी निर्णयको विरोध गर्दै बडिमालिका नगरपालिकाका पाँच जना वडा अध्यक्षले विषयगत समितिबाट सामुयहिक राजीनामा दिएका छन्। नगर कार्यपालिका विभिन्न विषयगत समितिको सदस्य पदबाट पाँच जना वडा अध्यक्षले सामुहिक राजीनामा बुझाएका हुन्।

नगरकार्यपालिकाको बैठक चरिहेकै बेला सयुक्त विज्ञप्तीसहित नगर प्रमुख पदम बडुवाललाई राजीनामा बुझाएका हुन्। राजीनामा बुझाउनेमा बडिमालिका २ का अध्यक्ष डम्मर महत, ३ का वीरबहादुर रावल, ४ का सुरेन्द्र नाथ, ७ का धर्मराज पाध्याय र ९ का विनोद कुमार विक रहेका छन्।

राजीनामा बुझाउने पाँचै जना तत्कालिन नेकपा एमालेबाट जितेका वडा अध्यक्ष हुन्। बडिमालिका नगरपालिका नगर कार्यपालिकामा नेपाली काँग्रेसको बहुमत रहेको छ। स्थानीय तह सञ्चालन निर्देशिकामा पक्ष र विपक्ष नभएपनि नगर प्रमुखले त्यही व्यवहार देखाएको ७ नम्बर वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।

यस अघि पनि एकलौटी निर्णयका विरुद्ध वडा अध्यक्षहरुले विरोध गर्दै आएका थिए। नगर कार्यालयमा तालाबन्दी, नगरकार्यपालिकाको निर्णयपूस्तीका नै गायब गर्दा समेत नगर प्रमुख उपप्रमुखले मनोमानी र पार्टीकरण गर्न नछोडेपछि विभिन्न समितिमा बसिरहनुको कुनै औचित्य नै नहुँदा पदबाट राजीनामा दिएको २ नम्बर वडाका अध्यक्ष वीरबहादुर रावलले बताएका छन्।

योजना छनोट, बजेट निर्धारण, आन्तरिक योजना निर्धारण गर्दा कोठे बैठक बस्ने, घरमै सल्लाह गरेर आउने, पार्टीका नेताहरुको निर्देशनमा चल्ने प्रवृत्ति नरोकिएकोले एकलौटी सञ्चालन गर्न दिने गरि राजीनामा दिएको विज्ञप्तीमा भनिएको छ। नगरको योजना तथा बजेट निर्धारण तीनै समितिले गर्ने गरेका छन्।

राजीनामा श्रोत अनुमान तथा सिमा निर्धारण समिति सदस्य धर्मराज पाध्याय, नगर शिक्षा समिति सदस्य डम्मर बहादुर महत, रोजगार निर्देशक समिति सदस्य वीरबहादुर रावल, राजस्व परामर्श समिति सदस्य विनोद कुमार विक र नगर स्तरीय उर्जा तथा वातावरण समिति सदस्य सुरेन्द्र नाथले सामुहिक पेश गरेका हुन्।

नगर प्रमुख पदम बडुवालले भने आफूले निर्णयमा कुनै मनोमानी नगरेको र सबैलाई समेटेर लैजान खोजेको बताउँदै आएका छन्। सबैलाई सोधेर र साथमा लिएर मात्र काम गरिरहेको दाबीगर्ने गरेका छन्।

यता प्रमुख प्रशासकीय अधिकृत तीर्थराज भट्टाराईले भने आपसी असमझदारी कै कारण विषयगत समितिबाट राजीनामा दिएको बताएका छन्। वडा अध्यक्षबाटै राजीनामा दिएजस्तो गरि हल्ला गरिपनि विषयगत समितिबाट राजीनामा दिएकोले यसलाई ठूलो विषय बनाउन नहुने भट्टाराईको भनाई छ। सहमतिमा काम गर्न केही असहज भएपनि ठूलो असर नपर्ने र भित्र कारण अर्कै रहेको भट्टाराईले थपे।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...