Wednesday 9th September 2026

रवि लामिछाने सहित तीनै जनाबिरुद्ध किटानी जाहेरी


तितोपाटी-पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका संचारकर्मी रवि लामिछाने विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ । पुडासैनीको परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी हुन् ।

शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिएको परिवार स्रोतले जनाएको छ । किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...