Friday 30th October 2026

नवलपुरको कावासोतीका चार पसलमा चोरी


तितोपाटी-नवलपुरको कावासोती विपि चोक स्थित चार वटा पसलमा गएराती चोरी भएको छ । विपि चोक र थाना चोकको बिच भागमा पर्ने स्थानमा चारवटा पसलको ताला फोडिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

विष्णु प्रसाद अधिकारीको अधिकारी किराना पसल, किस्मत परियारको किस्मत मोबाईल, विजय रोक्काको नेपाल सु हाउस र सिता खनालको सिता फेन्सी पसलको सटरको ताला फोडिएका हुन ।पसलको ताल फोडी दुई वटा जुत्ता पसलबाट केही जुत्ता लगिएको छ । किराना पसलबाट केही नगद लगिएको छ भने मोबाईल पसलबाट भने केही चोरी नभएको जनाईएको छ ।

मोवाईल पसलमा सि.सि.टिभि क्यामेरा रहेका कारण चोरले तालामात्र फोडेर सामान भने नलिकाले हुनसक्ने प्रहरीले जनाएको छ । चोरले जिन्सी भन्दा पनि नगद चोरीका लागि ताला फोडिएको जस्तो देखिएको प्रहरी निरीक्षक अधिकारीले बताए । प्रहरी चौकीदेखी १०० मिटरको दुरीमा रहेका पसल फोडिएका हुन ।

यस क्षेत्रमा रातिमा कोही नरहने र प्रहरी चौकिको बिचभागमा ठुला भवन भएकाले आवाज बाहिर नपुग्ने हुदा चोरी गरिएको देखीएको छ । पसलमा लगाएको ताला रडको प्रयोग गरि बंगाएर खोलिएको जस्तो पाईएको प्रहरीले जनाएको छ । चोरीको घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...