Friday 17th July 2026

नवलपुरको कावासोतीका चार पसलमा चोरी


तितोपाटी-नवलपुरको कावासोती विपि चोक स्थित चार वटा पसलमा गएराती चोरी भएको छ । विपि चोक र थाना चोकको बिच भागमा पर्ने स्थानमा चारवटा पसलको ताला फोडिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

विष्णु प्रसाद अधिकारीको अधिकारी किराना पसल, किस्मत परियारको किस्मत मोबाईल, विजय रोक्काको नेपाल सु हाउस र सिता खनालको सिता फेन्सी पसलको सटरको ताला फोडिएका हुन ।पसलको ताल फोडी दुई वटा जुत्ता पसलबाट केही जुत्ता लगिएको छ । किराना पसलबाट केही नगद लगिएको छ भने मोबाईल पसलबाट भने केही चोरी नभएको जनाईएको छ ।

मोवाईल पसलमा सि.सि.टिभि क्यामेरा रहेका कारण चोरले तालामात्र फोडेर सामान भने नलिकाले हुनसक्ने प्रहरीले जनाएको छ । चोरले जिन्सी भन्दा पनि नगद चोरीका लागि ताला फोडिएको जस्तो देखिएको प्रहरी निरीक्षक अधिकारीले बताए । प्रहरी चौकीदेखी १०० मिटरको दुरीमा रहेका पसल फोडिएका हुन ।

यस क्षेत्रमा रातिमा कोही नरहने र प्रहरी चौकिको बिचभागमा ठुला भवन भएकाले आवाज बाहिर नपुग्ने हुदा चोरी गरिएको देखीएको छ । पसलमा लगाएको ताला रडको प्रयोग गरि बंगाएर खोलिएको जस्तो पाईएको प्रहरीले जनाएको छ । चोरीको घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नबी मन्सुर, कुवेत - जब देशका ऊर्जाशील युवाहरूले पालैपालो आफ्नै शरीरमा आगो लगाएर जीवन अन्त्य गर्नुपर्ने अवस्था सिर्जना हुन्छ,…

लन्डन। बेलायत सरकारले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीविरुद्ध छानबिन गर्न विश्व फुटबल महासंघ (फिफा) लाई आग्रह गरेको छ। विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई…

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

प्रतिकृयाहरू
...