Friday 30th October 2026

नेकपा प्रदेश ५ का सचेतक ढकालको घरमा विष्फोट


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ का प्रमुख सचेतक रहेकका भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । ढकाल परिवार घरमै सुतिरहेका बेला बिहीबार राति विष्फोट भएको हो । उनको घर नजिकै ३ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटको समयमा ढकाल भने घरमा थिएनन् । उनी उपचारका लागि काठमाडौं आएका छन् ।

बम विष्फोट हुँदा उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारमा क्षति भएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगेको छ । घरमा भने त्यति क्षति नभएको प्हरीले जनाएको छ । कोठालाई लक्षित गरी हानिएको बम विष्फोट नभएकाले धेरै क्षति नभएको प्रहरीको अनुमान छ ।

बाइक चढेर आएका ३ जना बम हानेर भागेको स्थानीयको भनाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले बिष्फोटको घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

तेलअभिभ । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप तनावपूर्ण बनेको छ। निर्वाचनको अन्तिम…

काठमाडौं । प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, प्रहरीका उच्च अधिकारी, राजनीतिक नेतृत्व र प्रधानमन्त्रीको नामसमेत जोडिएर बिचौलिया सञ्जालसम्बन्धी विवाद सार्वजनिक भएपछि…

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

प्रतिकृयाहरू
...