Friday 19th June 2026

नेकपा प्रदेश ५ का सचेतक ढकालको घरमा विष्फोट


तितोपाटी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ का प्रमुख सचेतक रहेकका भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ । ढकाल परिवार घरमै सुतिरहेका बेला बिहीबार राति विष्फोट भएको हो । उनको घर नजिकै ३ वटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । विष्फोटको समयमा ढकाल भने घरमा थिएनन् । उनी उपचारका लागि काठमाडौं आएका छन् ।

बम विष्फोट हुँदा उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारमा क्षति भएको छ । विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगेको छ । घरमा भने त्यति क्षति नभएको प्हरीले जनाएको छ । कोठालाई लक्षित गरी हानिएको बम विष्फोट नभएकाले धेरै क्षति नभएको प्रहरीको अनुमान छ ।

बाइक चढेर आएका ३ जना बम हानेर भागेको स्थानीयको भनाई रहेको प्रहरीले जनाएको छ । प्रहरीले बिष्फोटको घटनाबारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...