Thursday 1st October 2026

लिबियामा ३०० जना सबार डुंगा डुब्दा १५० जना बेपत्ता


तितोपाटी – लिबियामा करिब ३०० जना चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । डुंगामा अधिकांश शरणार्थीहरू चढेका थिए । संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीका प्रवक्ता चार्ली याक्सलेले दएिको जानकारी अनुसार करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा पल्टिएको थियो । १५० भन्दा बढी हराइरहेका छन् । १४७ जनालाई डुब्नबाट बचेका छन् । उनीहरुलाई कोष्ट गार्डले बचाएर सामुन्द्रिक किनारमा ल्याएका थिए। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार राजधानी त्रिपोलीबाट करिब १२० किलोमिटरको दूरीको सहरमा उनीहरुलाई निकालिएको थियो।

बीबीसीकाअनुसार डुंगामा सवारहरु लिबियाबाट भू–मध्य सागर पार गरी युरोप जान हिडेका थिए। हालसम्म एक जनाको शव भेटएिको र वेपत्ता सबैको मृत्यु भएको हुनसक्ने लिबियाली कोष्ट गार्डका  प्रवक्ता अयुब गसिमले जानकारी दिएका छन्।

अफ्रिकाबाट डुंगाको सहारामा भूमध्य सागर पार गरी युरोप प्रवेश गर्न चहानेहरु पटक–पटक दुर्घटनामा पर्दै आएका छन् । गतमे मा पनि ट्युनिसिया नजिकै समुँद्र तटमा शरणार्थी चढेको डुंगा डुब्दा ६५ जनाले ज्यान गुमाएका थिए।
पुराना डुंगामा क्षमताभन्दा बढी व्यक्ति यात्रा गर्दा दुर्घटनामा पर्ने गरेको छन्।

युरोपियन देशहरुले शरणार्थी सम्बन्धी कठोर नीति ल्याएपछि भूमध्य सागर हुँदै युरोप प्रवेश गर्न खोज्नेको संख्यामा कमी आएको संयुक्त राष्ट्र संघीय शरणार्थी एजेन्सीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...