Saturday 26th July 2025

म्यानमारमा डुंगा दुर्घटना हुँदा १३ को मृत्यु


तितोपाटी – म्यानमारमा एक डुंगा दुर्घटा हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । म्यान्मारको मन्डाले क्षेत्रमा बुधबार धार्मिक तिर्थयात्री चढेको डुंगा दुर्घटना हुँदा कम्तीमा १३ जना तीर्थयात्रीको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका छन्।

म्यान्मारको गृह मन्त्रालयका अनुसार उक्त डुंगामा २५ जना सवार रहेका थिए। महालाइङ नगरमा रहेको एउटा बौद्ध बिहारमा जाँदै गर्दा सार ताउङ (जिता) भन्ने स्थानमा डुंगा पल्टिएको थियो।

मन्त्रालयको विज्ञप्तिमा ११ जनालाई सकुशल उद्धार गरिएको र १३ जनाको शव निकालिएको उल्लेख छ। जीवितै उद्धार गरिएका डुंगा चालक फरार भएका र उनको खोजी कार्य भइरहेको स्थानीय प्रहरीको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

प्रतिकृयाहरू
...