Saturday 20th June 2026

बर्दघाटको होटलबाट यौनधन्दा गर्ने होटल संचालकसहित १० जना प्रहरी फन्दामा


तितोपाटी- पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौ*नधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले होटलहरुमा छापा मार्दा १० युवायुवती पक्राउ परेका छन् ।सोमबार मात्रै होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको हो ।

बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले केही दिनदेखि निगरानी गरी सोमबार विशेष सूचनाको आधारमा छापा मारेको थियो ।पक्राउ परेकाहरु विरुद्ध कानूनबमोजिम आवश्यक कारवाहीका लागि अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले बिहीबार बिहान मस्कोको कपोत्न्या क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण गरेको छ, जुन एक साताभित्र दोस्रो…

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

प्रतिकृयाहरू
...