Monday 11th August 2025

एकै रात ११ लाख मुल्यका मोबाइल चोरिए


राजविराज -चौबिसै घण्टा प्रहरी गस्ती रहने राजविराजको मुख्य बजारको पसलमा शनिबार राति चोरी भएको छ।राजविराजको मुख्य बजारमा रहेको मोकाजीम अन्सारीको मोबाइल पसलमा चोरी भएको प्रहरीले जनाएको छ।अन्सारीका अनुसार राति सटरको ताला फुटाएर चोरले नगदसहित साढे ११ लाख मूल्य बराबरको मोबाइल चोरी गरेको छ।

पसलमा रहेको नगद एक लाख ५० हजारसहित करिब १० लाख मूल्य बराबरको मोबाइल चोरी भएको अन्सारीले बताए। बिहान स्काई मोबाइल पसलको सटरको ताला खुल्ला अवस्थामा देखेपछि वरिपरीका अन्य व्यापारीले अन्सारीलाई खबर गरेका थिए।

चोरी भएको पसलदेखि जिल्ला प्रहरी कार्यालय एक सय मिटर दक्षिण र राष्ट्रिय बाणिज्य बैंकको प्रहरी बिटदेखि ५० मिटर उत्तर रहेको छ। चोरको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीका एसपी मनोजकुमार यादवले बताए।

यसअघि जेठ ३१ गते राति राजविराज नगरपालिका वडा नम्बर ५ को कार्यालयबाट ल्याप टप, प्रिन्टर, फोटोकपी मेसिन र करिब १५ हजार नगदसहित चोरी भएको थियो। त्यसअघि पनि जेठ ८ गते राजविराज ७ ग्लोबल कृषि तथा सहकारी हाट बजारमा ल्यापटप, नगदसहितका समान चोरी भएको थियो।रातको समयमा २४ सैं घण्टा प्रहरी गस्ती रहने मुख्य बजारमा चोरीको घटना बढेपछि स्थानीय व्यापारी त्रसित भएका छन् ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत- अनुमानित एक लाख पचपन्न हजार नेपालीहरू आज कुवेतमा परिश्रमरत छन् । स्वदेशको माटो छाडेर, सपनाहरू काँधमा…

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विदेशी मिडियालाई बताएअनुसार इजरायलले गाजा शहर कब्जा गर्ने हालै स्वीकृत सैन्य योजनाको एक भागको रूपमा गाजा कब्जा…

यहाँ छुट छ हजुर । यहाँ बाघलाई घाँस खान खरायो लाई मासु लतार्न ब्याँसोलाई बितन्डा मच्चाउन हिसाबलाई दाल गलाउन छुट…

प्रतिकृयाहरू
...