Monday 2nd June 2025

गायक बद्री पंगेनी बिरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै प्रशासनमा उजुरी


तितोपाटी – लोक गायक तथा ‘लोक दोहोरी प्रतिस्थान’का अध्यक्ष बद्री पंगेनीविरुद्ध ज्यान जोगाउन माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीन जनाले ज्यानै लिने धम्की दिएको भन्दै उजुरी दर्ता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गायक पंगेनी र उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध उजुरी परेको हो । काठमाडौं प्लाजामा सञ्चालन गरेको नीरमाया दोहोरी साँझमा काम गरेको रकम माम्दा धम्की दिएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको हो ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डै ५५ लाख रुपैयाँ बढीको लागतमा दोहरी साँझमा नयाँ डेकोरेशन गरेका र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ । यस विषयमा आरोपित बद्री पंगेनीलगायतले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनी विवाद आइरहने लोक गायक हुन् । केही समय अगाडि उनी काठमाडौंमा जुवा खालबाट रंगेहात पक्राउ परेका थिए । केही समय प्रहरी हिरासतमा रहेका पंगेनी सत्तारुढ नेकपाका नेताहरुको दबाबमा छुटेका थिए ।

-न्यूज२४नेपालबाट


सम्बन्धित शीर्षकहरु

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको चाैथो अधिवेशन सम्पन्न भएको छ भने अध्यक्षमा पुनः दिपक छन्त्याल नै निर्विरोध चयन भएका…

गत वर्ष, जब अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर बोइङ स्टारलाइनर क्याप्सुलको सहयोगमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) पुगेका थिए,…

कमला देवकोटा - एक पटक गधाको दुई छोरा( पाजी) जन्मे। बढ्दै गएपछि एक जमिन्दारकहाँ पुगेछ, अर्को चाहिँ किसान कहाँ। किसानकोमा…

प्रतिकृयाहरू
...