Thursday 24th September 2026

गायक बद्री पंगेनी बिरूद्ध ज्यान मार्ने धम्की दिएको भन्दै प्रशासनमा उजुरी


तितोपाटी – लोक गायक तथा ‘लोक दोहोरी प्रतिस्थान’का अध्यक्ष बद्री पंगेनीविरुद्ध ज्यान जोगाउन माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ । काठमाडौं सितापाइला निवासी निमा दोर्ची शेर्पाले काम गरेको पारिश्रमिक माग्दा आफूलाई गायक पंगेनीसहित तीन जनाले ज्यानै लिने धम्की दिएको भन्दै उजुरी दर्ता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गायक पंगेनी र उनका साथीहरु विजय सिंह, सुवास अधिकारीविरुद्ध उजुरी परेको हो । काठमाडौं प्लाजामा सञ्चालन गरेको नीरमाया दोहोरी साँझमा काम गरेको रकम माम्दा धम्की दिएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको हो ।

शेर्पाले सञ्चालन गरेको श्रृष्टी फर्निचरबाट झण्डै ५५ लाख रुपैयाँ बढीको लागतमा दोहरी साँझमा नयाँ डेकोरेशन गरेका र काम सम्पन्न गरेको ३ महिनापछि पैसा माग्न जाँदा धम्की दिएको पीडित पक्षको भनाइ छ । यस विषयमा आरोपित बद्री पंगेनीलगायतले कुनै धारणा सार्वजनिक गरेका छैनन् ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष समेत रहेका पंगेनी विवाद आइरहने लोक गायक हुन् । केही समय अगाडि उनी काठमाडौंमा जुवा खालबाट रंगेहात पक्राउ परेका थिए । केही समय प्रहरी हिरासतमा रहेका पंगेनी सत्तारुढ नेकपाका नेताहरुको दबाबमा छुटेका थिए ।

-न्यूज२४नेपालबाट


सम्बन्धित शीर्षकहरु

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आफ्नो शैली परिवर्तन गरेको संकेत दिएका छन्। लामो समयसम्म नरम र…

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रतिकृयाहरू
...