Friday 17th July 2026

पदाधिकारी विदेश भ्रमणमा बजेट सक्दै


तितोपाटी- विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन्।बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन्। भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य, राममणि गौतम, डम्बरलाल श्रेष्ठ, उषा खकुराल, कपिल रिसाल, दुलराज चिमोरिया, विरोद भट्टराई, उषा पोखरेल र शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली टोलीमा छन् ।

अधिकृत रमेशप्रसाद अधिकारी आन्तरिक कारबाहीमा परेकाले भ्रमणमा सहभागी हुन पाएनन् ।त्यसैगरी चीन जाने टोलीमा आयोगका अध्यक्ष प्रा.डा. भीम सुवेदी, बोर्ड सदस्यहरू गोविन्द आचार्य, विकास अधिकारी, चन्द्रकला घिमिरे र पिके झा, आयोगका पदेन सदस्य त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल छन् । आयोगका कर्मचारी देवेन्द्र रावल पनि टोलीमा परेका छन् ।भियतनाम जाने टोली आइतबार बेलुकी उड्दै छ भने चीन जाने टोली २६ असारमा जानेछ ।

स्रोतका अनुसार विदेश भ्रमणका लागि ५० लाख बजेट विनियोजन गरेका छन् । सदस्यसचिव अधिकारीको टोलीले कोरिया भ्रमण गर्ने योजना बनाए पनि नमिलेपछि भियतनामको भ्रमण तय गरेको हो । आयोगका प्रशासकीय प्रमुख सुवास ढुंगेलबाहेक सबै अधिकृतस्तरका कर्मचारी भियतनाम जाँदै गरेकाे खबर आजकाे नयाँ पत्रिकामा छ ।

-साभार नेपाल डेली पोस्ट


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...