Tuesday 14th October 2025

अछाममा बस दुर्घटना हुँदा १७ जना घाइते, ४ जनाको स्थिति गम्भीर


तितोपाटी – अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने ४ जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान सडकबाट करिब २० मिटर तल खसेको हो।

दुर्घटनामा १७ जना घाइते भएको छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारका लागि बयालपाटा अस्पताल लगिएको प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 विपरित दिशाबाट आईरहेको अर्को गाडीलाई बाटो दिँने क्रममा सडक भासिँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सको…

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गरिने भएको छ । यसै क्रममा गाजामा हमासको नियन्त्रणमा रहेका…

राजेन्द्र गोपाल सिंह - पुष्कर राज रेग्मी म पढेको स्कुल प.प.न.मा.वि. तानसेनमा पढेका हुन् । हाम्रो बसोबास पनि एउटै भगवती…

प्रतिकृयाहरू
...