Monday 17th August 2026

अछाममा बस दुर्घटना हुँदा १७ जना घाइते, ४ जनाको स्थिति गम्भीर


तितोपाटी – अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने ४ जनाको स्थिति गम्भीर रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान सडकबाट करिब २० मिटर तल खसेको हो।

दुर्घटनामा १७ जना घाइते भएको छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारका लागि बयालपाटा अस्पताल लगिएको प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 विपरित दिशाबाट आईरहेको अर्को गाडीलाई बाटो दिँने क्रममा सडक भासिँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...