Sunday 28th December 2025

कतारमा नेपालीहरू ८ महिनादेखि बेतलबी, ८ सय रियलले ८ महिना गुजारा


तितोपाटी – कतारको एक कम्पनीमा कार्यरत नेपाली ८ महिनादेखि कम्पनीबाट तलव नपाएर पीडित भएका छन् । कतारस्थित टेक्नो मेटल कम्पनीले ति श्रमिकलाई ८ महिनाको वीचमा एकपटक जनही २ सय सय रियाल र अर्को एकपटक ६ सय रियाल दिएको पीडितले गुनासो गरेका छन् ।

जिफन्ट सहयोग समुह, कतारका उपाध्यक्ष दिनेश कटवालका अनुसार ति नेपाली श्रमिकलाई खान समेत समस्या परेकोले तत्कालका लागि नेपाली प्रवासी श्रमिक संघ, जिफन्ट सहयोग समुह, कतारले केहि खाद्यान्न सहयोग गरेको छ ।

कम्पनीबाट तलव नपाएर अलपत्र पर्नेहरुमा नरेश बहादुर बि. क. (स्याङ्जा), सिङ्गी तामाङ(दोलखा), रेशम बहादुर पहारी(सिन्धुपाल्चोक), छविलाल घले(सिन्धुली), पृथ विक्रम घर्ती(प्युठान), शेर बहादुर बि. क.(गुल्मी), राजेन्द्र खड्का(गुल्मी), सहदेव यादव(सप्तरी), बेगम बहादुर खड्का(गुल्मी), धोम बहादुर खड्का(गुल्मी) रहेका छन् ।

-देशपरदेशबाट


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...