Friday 26th September 2025

डोल्पामा यार्सागुम्बा टिप्न गएकै ठाउँमा घाटी रेटेर हत्या


तितोपाटी – यार्सागुम्बा संकलन गर्न डोल्पोबुद्ध गाउँपालिका ३ मा पर्ने किमजोङ पाटन पुगेका रोल्पाली १ जना संकलककोे घाँटी रेटेर हत्या भएको छ ।

यार्सागुम्बा संकलन गर्न उवा गाउँपालिका रोल्पा स्थायी घर भई हाल चन्द्रौटा कपिलवस्तु बस्दै आएका ४२ वर्षिय कर्णबहादुर पुन मगरको डोल्पोबुद्ध गाउँपालिका ३ को किमजोङ पाटनमा आइतवार राति ९ बजेतिर उनको पाल भित्रै घाँटी चक्कुले रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ ।

घटनाको प्रकृती अनुसार उनको हत्या भएको र हत्याराको खोज अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए । निकै विकट जिल्ला डोल्पाको पनि विकट माथिल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको किमजोङ पाटनमा पुग्न धो मा रहेको प्रहरी चौकीलाई ४ घण्टा लागेको थियो ।

डोल्पाको सदरमुकाम दुनैबाट पैदल ३ दिन उत्तर चिन तर्फ पर्ने धो पूग्नै कठिन छ । घट्नाको विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक इन्द्रबहादुर साउदको नेतृत्वमा एक प्रहरी अनुसन्धान टोली पठाइएको पनि प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

पाटनमा एउटा मात्र पाल भएको बेला आइतवार राति ९ बजेतिर घटना भए पछि मृतकका साथीहरु प्रहरीलाई खबर गर्न हिडेर आइतवार राति साढे १ बजेतिर धो प्रहरी चौकीमा पुगेका थिए ।


सम्बन्धित शीर्षकहरु

लन्डन: प्रमुख पश्चिमी राष्ट्रहरूले प्यालेस्टाइन राज्यलाई आधिकारिक मान्यता दिएमा गाजामा युद्ध अन्त्य गर्न मद्दत पुग्न सक्छ र यो हमासको लागि…

अफगानिस्तानका एक १३ वर्षीय किशोर विमानको पाङ्ग्रा राख्ने ठाउँ (विमानको पाङ्ग्रा राख्ने ठाउँ) मा लुकेर काबुलबाट दिल्ली पुगेको एक अचम्मलाग्दो…

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

प्रतिकृयाहरू
...