Saturday 8th August 2026

डोल्पामा यार्सागुम्बा टिप्न गएकै ठाउँमा घाटी रेटेर हत्या


तितोपाटी – यार्सागुम्बा संकलन गर्न डोल्पोबुद्ध गाउँपालिका ३ मा पर्ने किमजोङ पाटन पुगेका रोल्पाली १ जना संकलककोे घाँटी रेटेर हत्या भएको छ ।

यार्सागुम्बा संकलन गर्न उवा गाउँपालिका रोल्पा स्थायी घर भई हाल चन्द्रौटा कपिलवस्तु बस्दै आएका ४२ वर्षिय कर्णबहादुर पुन मगरको डोल्पोबुद्ध गाउँपालिका ३ को किमजोङ पाटनमा आइतवार राति ९ बजेतिर उनको पाल भित्रै घाँटी चक्कुले रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ ।

घटनाको प्रकृती अनुसार उनको हत्या भएको र हत्याराको खोज अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताए । निकै विकट जिल्ला डोल्पाको पनि विकट माथिल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको किमजोङ पाटनमा पुग्न धो मा रहेको प्रहरी चौकीलाई ४ घण्टा लागेको थियो ।

डोल्पाको सदरमुकाम दुनैबाट पैदल ३ दिन उत्तर चिन तर्फ पर्ने धो पूग्नै कठिन छ । घट्नाको विस्तृत अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक इन्द्रबहादुर साउदको नेतृत्वमा एक प्रहरी अनुसन्धान टोली पठाइएको पनि प्रहरी नायव उपरीक्षक शर्माले बताए ।

पाटनमा एउटा मात्र पाल भएको बेला आइतवार राति ९ बजेतिर घटना भए पछि मृतकका साथीहरु प्रहरीलाई खबर गर्न हिडेर आइतवार राति साढे १ बजेतिर धो प्रहरी चौकीमा पुगेका थिए ।


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले बजारमा सामान तथा सेवा खरिद गर्दा बिल लिने उपभोक्तालाई पुरस्कार दिने व्यवस्था सुरु गरेको छ। यसको मुख्य उद्देश्य…

कुवेत। संयुक्त राज्य अमेरिकाले इरानसँग स्ट्रेट अफ होर्मुज (Hormuz) सम्बन्धी सम्झौता कार्यान्वयनमा आए इरानी बन्दरगाहमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने संकेत…

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाअन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा दशकौँदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका स्थानीयले…

प्रतिकृयाहरू
...