Wednesday 29th April 2026

सैफ अली खान बिरूद्ध इन्टरपोल


तितोपाटी – बलिउड अभिनेता सैफअली खानविरुद्ध इन्टरपोलले सूचना जारी गरेको छ । सन २०१३ मा रोमानियामा शिकार गरेको आरोपमा उनीविरुद्ध इन्टरपोलले सूचना जारी गरेको बताइएको छ । यस मामिलामा बुल्गारिया सरकारले सैफअलीलाई १० हजार यूरो जरिवाना तिर्न भनको थियो ।

इन्टरपोलको उक्त सूचना मुम्बई क्राइम ब्रान्चले अघिल्लोे साता सैफअलीको बान्द्रास्थित घर बुझाइएको थियो ।

इन्टरपोलको सूचनामा सैफअलिसँग १५ वटा प्रश्न सोधिएको छ । जसमा सन २०१३ उनको भ्रमणका बारेमा जानकारी मागिएको छ । सूचना सैफअलीसहित अरु चार जनालाई पनि पठाइएको छ । जो सो भ्रमणमा सैफअली सँग थिए ।

मुम्बई प्रहरी अधिकारीले भने, ‘सैफअली र अन्य चार जनालाई स्ुचना पठाइएको छ तर अहिलेसम्म त्यसको कुनै जवाफ आएको छैन ।

सन २०१३ मा सैफसहित अन्य चार जनाले एक बुल्गारियन कम्पनीमाफर्त रोमानियाको पहाडमा जंगली भालुको शिकार गरेका थिए ।

स्रोतका अनुसार, ‘सैफअलीले २९ नोभेम्बर २०१३ देखि २ डिसेम्ब्र २०१३ को बीचमा उक्त शिकार गरेको बताइएको छ । यो शिकार गर्न २४ हजार यूरो तिर्न उनीहरु मञ्जुर थिए । जसमो १४ हजार यूरो नगद दिएका थिए ।

बुल्गारिया छोडेको केही दिनपछि कम्पनीले सैफअलीसँग सम्पर्क गरेको थियो जसमा उनले जर्जी पेटेवको खातामा बाँकी रकम पठाएको बताइएको छ ।

तर यो किन गरियो त्यसबारेमा भने अहिलेसम्म केही बताइएको छैन । त्यसपछि कम्पनीले पेटेवलाई सम्पर्क गरेको तर उनी सम्पर्कमै आएनन् । त्यसपछि कम्पनीले सन २०१४ मा यस विषयमा बुल्गारिया सरकारको सहयोग लिएको थियो ।


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...