Sunday 4th October 2026

भोजपुरमा ६२ वर्षीया अामा बलात्कार गर्ने छोरा पक्राउ


तितोपाटी – भोजपुरमा आफ्नै छोराबाट एक वद्धा बलात्कृत भएकी छिन्।साल्पासिलिछो गाउँपालिका- ४ खाटाम्मास्थित स्थानीय २० वर्षीय छिरिङ तेन्जिङ शेर्पाले ६२ वर्षीया आमालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

गत असार ३ गते साँझ घरमा बसीरहेकी आमालाई घरमा आएर बलात्कार गरेको आरोपमा शेर्पालाई घरैबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए।

पीडित आमाले आफूलाई छोराले पटकपटक करणी गरेको भन्दै प्रहरी चौकी दोभानेमा उजुरी दिएपछि आरोपित शेर्पालाई पक्राउ गरिएको प्रनाउ थारुले जानकारी दिए।

यसअघि पनि आफ्नै आमालाई बारम्बार जबरजस्ती करणी गरेको आरोप लागेका शेर्पालाई आइतबार नै पक्राउ गरी पीडित आमाले दिएको उजुरीको आधारमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर लगिएको छ।आरोपित शेर्पालाई अनुसन्धानपश्चात कानुनी प्रक्रिया अगाडी बढाइने प्रनाउ थारुले बताए।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...