Tuesday 3rd March 2026

गायक सुरज श्रेष्ठको ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सहित सार्वजनिक


तितोपाटी – पर्वत जिल्लाको मल्लाजमा जन्मिएका गायक सुरज श्रेष्ठको  ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने  गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ ।

उक्त गीतको भिडियोमा द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय रहेको छ । गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको छ भने भिडियोमा निर्देशन सरोज अधिकारीले गरेका हुन् ।

उक्त गीतमा चैतमासको हावाहुरी साउनको पानी पहिला पहिला रिसाइहाल्थी हाम्ले बोलाम्दानी लगायतका शब्दले निकै नै रोमान्टिक बनेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...