Thursday 15th January 2026

गायक सुरज श्रेष्ठको ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सहित सार्वजनिक


तितोपाटी – पर्वत जिल्लाको मल्लाजमा जन्मिएका गायक सुरज श्रेष्ठको  ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने  गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ ।

उक्त गीतको भिडियोमा द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय रहेको छ । गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको छ भने भिडियोमा निर्देशन सरोज अधिकारीले गरेका हुन् ।

उक्त गीतमा चैतमासको हावाहुरी साउनको पानी पहिला पहिला रिसाइहाल्थी हाम्ले बोलाम्दानी लगायतका शब्दले निकै नै रोमान्टिक बनेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

प्रतिकृयाहरू
...