Wednesday 7th October 2026

सारेगमप लिटिल च्याम्पमा इटहरीका प्रितम सेकेन्ड रनर अप बने


तितोपाटी – भारत कै टप गायन रियालिटी शो सारेगमप लिटिल च्याम्पमा इटहरीका बाल गायक प्रितम आचार्य तेस्रो भएका छन् । जी टीभीको उक्त कार्यक्रम सरेगमापा लिल च्याप्म २०१९ को बिजेता भने १४ वर्षीय सुगन्धा बनेकी छन भने मुहम्मद फेज दोश्रो बनेका छन । फाइनलमा ६ जना पुगेका थिए । अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।

भारतमा आज भएको फाइनलमा प्रितम सेकेण्ड रनर अप भए भने अर्का नेपाली बाल गायक आयुष केसी भने चौथो भएका छन् । प्रितम र आयुषले अडिसन देखि नै उत्कृष्ट गित गाउदै फाइनल सम्मको यात्रा तय गरेका थिए । प्रितमले जितसंगै दुई लाख रुपैया भारूको चेक र ट्रफी पनि पाएका छन ।

०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...