Tuesday 13th January 2026

पुष्कल र सारिकाको अभिनयमा “सुपारीका दाना” (भिडियो हेर्नुहोस्)


तितोपाटी- लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको निकै फरक धारको गीत सुपारीका दाना भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र पुश्कल शर्माको आवाज रहेको निकै मौलिक सो गीतमा खोट लगाउने कुनै पनि ठाँउ छैन ।

यस अगाडी सबै दर्शकलाई भावुक बनाउने लोकप्रिय मोडलहरु सारिका केसी र पुश्कल शर्माले यो पटक भने आफ्ना शुभचिन्तकहरुलाई रमाइलो बनाउने छ । पुश्कल शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतमा काजिश श्रेष्ठले निकै मेहनत गरेर निर्देशन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन ।

अरु गीतहरु जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशवादी रहेको पुश्कले गीत सार्वजनिक भए पछि हामीलाई बताउनु भयो । विगतमा रुवाउने गीत सार्वजनिक गर्ने शर्मालाई यो पटक भने स्रोता दर्शकले फरक रुपमा रुपमा देख्दा कत्तिको मन पराउने हुन या होइनन् त्यो भने भविश्यलेनै देखाउने छ ।

निकै उत्कृष्ट शर्माको पछिल्लो गीतको सफलताको लागी हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना ।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...