Monday 3rd August 2026

पुष्कल र सारिकाको अभिनयमा “सुपारीका दाना” (भिडियो हेर्नुहोस्)


तितोपाटी- लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको निकै फरक धारको गीत सुपारीका दाना भर्खर मात्र सार्वजनिक भएको छ । पछिल्लो समयकी चर्चित गायिका मेलिना राई र पुश्कल शर्माको आवाज रहेको निकै मौलिक सो गीतमा खोट लगाउने कुनै पनि ठाँउ छैन ।

यस अगाडी सबै दर्शकलाई भावुक बनाउने लोकप्रिय मोडलहरु सारिका केसी र पुश्कल शर्माले यो पटक भने आफ्ना शुभचिन्तकहरुलाई रमाइलो बनाउने छ । पुश्कल शर्माको लय तथा शब्द सिर्जना रहेको सो गीतमा काजिश श्रेष्ठले निकै मेहनत गरेर निर्देशन गरेका छन भने दिपक विष्टले सम्पादन गरेका छन ।

अरु गीतहरु जस्तै यो गीतलाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशवादी रहेको पुश्कले गीत सार्वजनिक भए पछि हामीलाई बताउनु भयो । विगतमा रुवाउने गीत सार्वजनिक गर्ने शर्मालाई यो पटक भने स्रोता दर्शकले फरक रुपमा रुपमा देख्दा कत्तिको मन पराउने हुन या होइनन् त्यो भने भविश्यलेनै देखाउने छ ।

निकै उत्कृष्ट शर्माको पछिल्लो गीतको सफलताको लागी हाम्रो तर्फबाट पनि धेरै धेरै शुभकामना ।


सम्बन्धित शीर्षकहरु

गाजामा इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा केही बालबालिकासमेत रहेका छन्। आक्रमण…

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्क…

अष्ट्रेलियामा घातक H5N1 बर्ड फ्लु का कारण वन्यजन्तुहरूको पहिलो सामूहिक मृत्यु पुष्टि भएको छ। दक्षिण अष्ट्रेलियाको केप जाफ्फा नजिकको बाउडिन…

प्रतिकृयाहरू
...