Friday 11th September 2026

वीरगञ्जमा ७ वर्षीय बालकको अपहरण गरि हत्या, हत्याराहरू पक्राउ


तितोपाटी – वीरगन्ज महानगरपालिका–३ छपकैयाबाट ५ दिन अगाडि अपहरणमा परेका ७ वर्षीय बालक करण कुमार तुरहाकाे हत्या गरिएकाे छ । बाराको कलैया उपमहानगरपालिका–२५ स्थित खौराही खोलामा बुधबार बिहान २ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । भाग्दै गरेका दुईजना अपहरणकारीलाई प्रहरीले गोली प्रहार गरि नियन्त्रणमा लिएको छ।गोली लागेर घाइते भएका भारत बेतिया घर भई छपकैयामा काम गर्दै आएका २० वर्षीय विकास शर्मा र कलैया उपमहानगरपालिका– ११ का सिकेन्द्र साहको नारायणी अस्पतालमा उपचार भइरहेको छ।

दुबैको दाहिने खुट्टामा गोली लागेको छ। प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरीको संयुक्त टोलीले करण अपहरणमा तीनजना संलग्न रहेको पाएपछि शर्मा र साहलाई नियन्त्रणमा लिएको थियो। करणको हत्या गरिसकेको खुलेपछि दुबैलाई लिएर प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा अनुसन्धान चलिरहँदा भाग्ने प्रयास गरेका शर्मा र साहमाथि गोली प्रहार गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जनाए। अपहरणमा संलग्न रहेका तेस्रो व्यक्ति बाराको खपरताता बस्ने २१ वर्षीय राम विनेश महतोलाई प्रहरीले सार्वजनिक गरेको छ।

 ‘शुक्रबार अपहरणमा परेका बालकको शुक्रबार राती नै हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शम्भुको घर नजिकै बस्दै आएका विकास शर्माले करणको अपहरण गरी कलैयाका सिकेन्द्र साह र रामविनेश महतोको जिम्मा लगाएका थिए।कबाड कारोबारी शम्भुका छोरा करण गत शुक्रबार विद्यालय छुट्टी भएर घर फर्किने क्रममा अपहरणमा परेका थिए। अपहरणकारीले शम्भुलाई त्यही दिन फोन गरि ३० लाख रुपैयाँ फिरौती मागेका थिए। ‘मोलमोलाई पछि ५ लाख रुपैयाँमा झरेका थिए,’ शम्भुले भने, ‘सरसापट गरी २ लाख रुपैया जति जम्मा गरेको थिएँ।’ उनका अनुसार अपुग पैसा प्रहरीले जोहो गरिदिने र एक हातले पैसा र अर्को हातले बच्चा लिने कुरा भएको थियो।

‘तर, अपहरणकारीले यो कुरा मानेन्,’ उनले भने, ‘पैसा लिएको केही समयपछि करणलाई बसमा पठाइदिन्छौँ भन्थे, बुधबार बिहान त शव नै फेला परेको प्रहरीले जानकारी दियो।’ एसपी रेवती ढकालले पैसा दिएर बच्चा नदिने सम्भावना पनि रहेकोले एक हातले पैसा र अर्कोले बच्चा लिने कुरा भएको थियो। ‘अपहरण गरेको दुई घन्टा पछिनै बालकको हत्या गरिसेकेका थिए,’ उनले भने, ‘बच्चाको रेर्कडेड आवाज परिवारलाई सुनाएर बार्गेनिङ गरिरहेका थिए।’

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...