Thursday 18th June 2026

स्याङ्जाका एक युवाको स्पेनमा सडक दुर्घटनामा परि मृत्यु


तितोपाटी – स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो। साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिँडेका उनीले ५ दिनअघि मात्रै साइकलमा सामान डेलिभरी गर्ने काम थालेका थिए । यसअघि पितालाई गुमाइसकेका उनी परिवारको एक्लो छोरा हुन् । अध्ययनका लागि २ वर्षअघि जर्मनी आएका कोइराला स्थायी बसोबासका लागि कागजी प्रक्रिया सहज हुने देखेर ७ महिनाअघि स्पेन आएका थिए ।

नआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छ। संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे परिवारलाई जानकारी दिइसकेको बताएका छन्। उनका अनुसार शव नेपाल पठाउन कानूनी प्रक्रियासँगै आर्थिक संकलनको काम सुरु भएको छ ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

प्रतिकृयाहरू
...