Sunday 25th October 2026

स्याङ्जाका एक युवाको स्पेनमा सडक दुर्घटनामा परि मृत्यु


तितोपाटी – स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो। साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिँडेका उनीले ५ दिनअघि मात्रै साइकलमा सामान डेलिभरी गर्ने काम थालेका थिए । यसअघि पितालाई गुमाइसकेका उनी परिवारको एक्लो छोरा हुन् । अध्ययनका लागि २ वर्षअघि जर्मनी आएका कोइराला स्थायी बसोबासका लागि कागजी प्रक्रिया सहज हुने देखेर ७ महिनाअघि स्पेन आएका थिए ।

नआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छ। संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे परिवारलाई जानकारी दिइसकेको बताएका छन्। उनका अनुसार शव नेपाल पठाउन कानूनी प्रक्रियासँगै आर्थिक संकलनको काम सुरु भएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...