Saturday 15th June 2024

बुटवलमा खुलेआम यौनधन्दाः पक्राउ परे होटल सञ्चालक दम्पत्ती


तितोपाटी- बुटवलमा कतिपय व्यक्तिको देखाउने दाँत मात्र होटल व्यवसाय बन्दै आईरहे पनि मुख्य व्यवसाय भनेको यौनधन्दा हुने गरेको सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला बुधवार इलाका प्रहरी कार्यालय बुटवलले एक होटल सञ्चालकलाई यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरि सार्वाजनिक गरेको छ ।

बुटवल–११ को कालिकानगरस्तिथ राप्ती मेनु होटल सञ्चालक टेकबहादुर कुँवर रउनकी श्रीमती मिनकुमारी बस्नेतलाई यौनधन्दा चलाउँदै आएको एक किशोरीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरि पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो । उनीहरुको घर बाग्लुङ्गको निसीखोला– ७ मा पर्दछ ।

ती दम्पत्तीले कपिलवस्तुकी १५ वर्षीया एक किशरोलाई गत ६ महिनादेखि बन्धक जस्तै बनाएर यौन धन्दामा लाग्न बाध्य पार्दै आएको र आफूले यौन शोषणको पीडा सहन नसकेर प्रहरीको शरणमा आएको ती किशोरीको भनाई उद्वृत गर्दै सो प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले बताए ।

सुरुमा भाँडा माझ्न भनेर राखिएकी ती किशोरीलाई यौन सम्पर्कका लागि क्रमशः आफ्नो होटलका ग्राहक र अन्य होटलमा समेत पठाउन थालिएपछि ती किशोरी भागेर घर गएको प्रहरीको भनाई छ ।

होटल सञ्चालकले यौन धन्दाका लागि अन्य युवतीहरु त्यहाँ जम्मा गरेर अन्य विभिन्न होटलमा समेत पठाउने गरेको प्रहरीले बताएको छ । उनीहरुलाई मानव बेचविखन तथा संगठित अपराध मुद्दामा कार्बाही प्रक्रिया अगाडी बढाइएको छ । उक्त मुद्दामा १५ बर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६०…

गुँरास अभियान्ता सुशिल बस्यालले पाल्पा जिल्ला भरी औपचारिकता पूरा गर्न मात्र नभै राम्रोसंग विभिन्न प्रजातिको बिरुवाहरु रोप्ने र विशेष गरि…

प्रतिकृयाहरू
...