Monday 22nd June 2026

बुटवलमा खुलेआम यौनधन्दाः पक्राउ परे होटल सञ्चालक दम्पत्ती


तितोपाटी- बुटवलमा कतिपय व्यक्तिको देखाउने दाँत मात्र होटल व्यवसाय बन्दै आईरहे पनि मुख्य व्यवसाय भनेको यौनधन्दा हुने गरेको सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका बेला बुधवार इलाका प्रहरी कार्यालय बुटवलले एक होटल सञ्चालकलाई यौनधन्दा चलाएको अभियोगमा पक्राउ गरि सार्वाजनिक गरेको छ ।

बुटवल–११ को कालिकानगरस्तिथ राप्ती मेनु होटल सञ्चालक टेकबहादुर कुँवर रउनकी श्रीमती मिनकुमारी बस्नेतलाई यौनधन्दा चलाउँदै आएको एक किशोरीको उजुरीका आधारमा प्रहरीले पक्राउ गरि पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो । उनीहरुको घर बाग्लुङ्गको निसीखोला– ७ मा पर्दछ ।

ती दम्पत्तीले कपिलवस्तुकी १५ वर्षीया एक किशरोलाई गत ६ महिनादेखि बन्धक जस्तै बनाएर यौन धन्दामा लाग्न बाध्य पार्दै आएको र आफूले यौन शोषणको पीडा सहन नसकेर प्रहरीको शरणमा आएको ती किशोरीको भनाई उद्वृत गर्दै सो प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले बताए ।

सुरुमा भाँडा माझ्न भनेर राखिएकी ती किशोरीलाई यौन सम्पर्कका लागि क्रमशः आफ्नो होटलका ग्राहक र अन्य होटलमा समेत पठाउन थालिएपछि ती किशोरी भागेर घर गएको प्रहरीको भनाई छ ।

होटल सञ्चालकले यौन धन्दाका लागि अन्य युवतीहरु त्यहाँ जम्मा गरेर अन्य विभिन्न होटलमा समेत पठाउने गरेको प्रहरीले बताएको छ । उनीहरुलाई मानव बेचविखन तथा संगठित अपराध मुद्दामा कार्बाही प्रक्रिया अगाडी बढाइएको छ । उक्त मुद्दामा १५ बर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको बताइन्छ ।


सम्बन्धित शीर्षकहरु

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

प्रतिकृयाहरू
...