Friday 9th October 2026

प्रधानध्यापकलाई घर भित्र प्रवेश गरेको निहुँमा कुटपिट गर्ने लाई कडा कारवाहीको माग (प्रेस विज्ञप्ती सहित)


तितोपाटी – म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–५ मल्कवाङका प्रधानध्यापकलाई घर भित्र प्रवेश गरेको निहुँमा जातीय विभेद गर्दै कुटपिट गरिएको छ ।

रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेका बिकलाई गत बैशाख ५ गते विद्यालयमा पूर्व प्रधानध्यापक यू कुमारी गिरी रोकाको विदाई कार्यक्रमपछि ब्यवस्थापन समितिकी अध्यक्ष पार्वती पूर्जाको घरमा आयोजित कार्यक्रममा घरभित्र प्रवेश गरेको भन्दै तल्लोस्तरको गाली गदैं कुटपिट गरेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गरी गम्भीर आपत्ती जनाएको छ ।

मल्कवाङस्थती जनज्योती आधारभुत विद्यालयका प्रधानध्यापक रेशबहादुर विकलाई भेडिखाल्टाका ३५ बर्षिय बलबहादुर रोका, ३० बर्षका जितेन्द्र जुग्जालीले जातीय विभेद गदैं बायाँ खुट्टाको दुईवटा हड्डी भाँचिदिएको र करिव ५ मिटर अग्लो डिलबाट खसाली अमानवीय र घृणित कार्य गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको अध्यक्ष बलबहादुर विश्वकर्माले दोषीलाई तुरुन्त पक्राउ गरी जातीय भेदभाव तथा छुवाछुत ऐन अन्तर्गत  कारवाहीको माग गरेका छन् । घटना घटेको झन्डै दुई हप्तापछि यो घटना सार्वजनिक भएको छ ।


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...