Saturday 3rd October 2026

सशस्त्रको गाडी प्रयोग गरि काठ तस्करी गर्ने डिएसपी सहित ४ जना निलम्बित


तितोपाटी – प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ ।

सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो ।

गत २१ जेठमा अरुण गुल्मको बा १ ग १६६९ नम्बरको ट्रकमा अवैध रुपमा काठ राखेर धरानतर्फ लैजादैँ गरेको अवस्थामा धनकुटाको मूलघाटमा सशस्त्रकै सुरक्षा वेशको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

घटनाको अनुसन्धानका लागि सशस्त्रको पूर्व क्षेत्रीय बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी उपरीक्षक गुणाखर खनालको अध्यक्षतामा छानबिन समिति गठन गरिएको थियो ।

घटनाको गम्भिरतालाई ध्यान राख्नु पर्ने भन्दै फेरि डिआईजी सुरजकुमार श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय छानवीन समिति गठन गरिएको थियो ।

प्रारम्भिक छानबिनबाट उनीहरुले कुनै निकायमा पनि जानकारी नगराइ संगठनको मर्यादा र नीति विपरित कार्य गरेको देखिन आएको जनाइएको छ ।

समितिले स्थलगत अध्ययन पछि उनीहरुको दोष देखिन आएको प्रतिवेदन सशस्त्र मुख्यालयमा बुझाएको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...