Wednesday 26th August 2026

बलिउड अभिनेत्री मलाइका पुनः चर्चामा


तितोपाटी-बलिउड अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण चर्चामा छिन् । कतिपय सञ्चारमाध्यममा उनीहरूबीच चाँडै नै विवाह हुने खबर यसअघि नै आएको थियो । केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको थियो । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले विकिनीसहितको तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी आफैंमा निर्भर रहने बताएकी थिइन् ।

कतिपय सञ्चारमाध्यमले उनीहरूको विवाह आगामी वर्ष हुने बताउँदै आएका छन् । मलाइका र अर्जुनको उमेर १२ वर्षले फरक छ । मलाइकाले गत वर्ष मात्रै अरवाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूका तर्फबाट १५ वर्षे छोरा छन् । उनीहरू २१ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए । अर्जुन भने अविवाहित हुन् ।

उता अरवाज पनि रोमानियाकी सुन्दरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा छन् । उनीहरूले पनि चाँडै विवाह गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । मलाइका अर्जुनसँगै खुलेरै देखिएपछि उनीहरूबीच सम्बन्ध विच्छेद भएको बताइन्छ । तर, उनीहरूको जोडी नमिलेको भन्दै धेरैले खिल्लीसमेत उडाएका थिए । – एजेन्सी

 


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...