Tuesday 29th September 2026

बाबुद्वारा छोराको घाँटी रेटेर हत्या, अात्महत्याको असफल प्रयाश


तितोपाटी – पोखरा रामबजारका रामजी घलेले ११ वर्षीय छोरा ज्ञापन घलेको चक्कुले घाँटी रेटेर हत्या गरेका छन् । मकवानपुर घर भइ हाल रामबजार कालिकामार्गमा बस्दै आएका उनले बुधबार बिहान २ बजे तरकारी काट्ने चक्कुले छोराको हत्या गरेका हुन् ।

४० वर्षीय घलेले छोराको हत्या पछि ३२ वर्षीया श्रीमती सुमित्रा ठकुरीको पनि चक्कुले रेटेर हत्या प्रयास गरे। श्रीमतीको हत्या प्रयासपछि उनले आफ्ननै घाँटी रेटेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ।

गर्भवती रहेकी सुमित्राको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा उपचार भइरहेको छ। शल्यक्रिया गरेर मृत अवस्थामा रहेको बच्चा निकालिएको छ। गम्भीर अवस्थामा रहेका घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले घटनाको प्रारम्भिक अनुसन्धानमा बाहिरी व्यक्तिको संलग्नता नदेखिएको बताए। ‘सुमित्राले नै मलाई रामजीले मारेको हो भनेर भित्तामा रगतले लेखेको फेला परेको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो प्रमाण नै त्यही हो।’

उनले परिवारमा बुझ्दा पनि बाहिर शंका गर्ने ठाउँ नरहेको उल्लेख गरे। सुमित्रा बेहोस् अवस्थामा रहेकोले होस्मा आएर सोधपुछ गरेपछि थप कुरा खुल्ने उनल जनाए।

प्रहरीका अनुसार घले दम्पति र छोरा एकै कोठामा सुतेका थिए। उनकी आमा अर्को कोठामा थिइन्। घलेले छोराको हत्या गरेपछि श्रीमतीको घाँटी रेटेका थिए। घाइते अवस्थामा रहेकी सुमित्रा अर्को कोठामा सुतिरहेकी आमालाई उठाउन पुगिन्। ‘मलाई पनि मार्‍यो, तपाईंलाई पनि मार्छ’ भन्दै उनले आमालाई उठाएकी थिइन्।

आमा उठेर छिमेकीलाई खबर गरिन्। छिमेकीले सुमित्रालाई अस्पताल पठाएर वडा प्रहरी कार्यालय रामबजार पुर्‍याएका थिए। घटनास्थल प्रहरी कार्यालय नजिकै रहेको छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...