Tuesday 8th July 2025

प्रथम नेपाल आइडल बुद्ध लामा र गायिका सरस्वती लामाले कुवेतमा १९ जुलाईमा धमाका मचाउने


तितोपाटी – प्रथम नेपाल आइडल बुद्ध लामा, लोकपप गायिका सरस्वती लामा र मेन्दोमाया गायक बिश्वपासा तामाङका साथमा स्थानीय कलाकारले कुवेतमा धमाका मचाउने भएका छन । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यहि आउँदो जुलाई १९ तारिक शुक्रबारको दिन ख्यातिप्राप्त कलाकारका साथमा बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

आज फर्वानिया पार्कमा समाजका अध्यक्ष राकेश मानाङ्थेनको अध्यक्षतामा बसेको बैठकले अतिथि कलाकार ल्याएर प्रथम बार्षिक उत्सब मनाउने निर्णय गरेको हो । रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ रसुवा समाज कुवेतको यो पहिलो साँस्कृतिक  कार्यक्रम हो ।

समाजले कुवेतमा विभिन्न कृयाशिल संघ – सस्थाहरु संग सहकार्य गर्दै आएको छ । कुवेतमा अलपत्र परेका  नेपालीहरुलाई पनि उक्त समाजले उद्धार तथा सहयोग गर्दै आएको छ । नेपालमा समेत दुखी गरीबहरुलाई सक्दो आर्थिक सहयोग गर्दै आएको छ ।

कुवेतमा कृयाशिल सम्पूर्ण संघ – संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकार लगायत  सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागी  अनुरोध गर्दै उक्त दिन कुनै पनि संघ- संस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि समाजले आग्रह गरेको छ ।

कार्यक्रमको विवरण
मितिः १९ जुलाई  २०१९
स्थानः इन्डियन स्कुल, जलिब
समयः बिहान ११ बजे
आयोजक : नुवाकोट धादिङ रसुवा समाज कुवेत


सम्बन्धित शीर्षकहरु

तीतोपाटी - कुवेत स्थित तनहुँ सेवा समाज कुवेतले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आगामी २ जनवरी २०२६ शुक्रबारका…

वर्षौंदेखि उत्तरपश्चिमी साउदी अरबको मरुभूमि प्रायः बालुवाको खाली भाग हो भन्ने सोचाइ थियो जुन कहिलेकाहीं घुमन्ते गोठालाहरूले भ्रमण गर्थे तर…

हमास आतंकवादी समूहले युद्धविराम प्रस्तावमा सहमति जनाएको केही घण्टापछि, इजरायल रक्षा बल (IDF) ले शनिबार (जुलाई ५) रिपोर्ट गरेको छ…

प्रतिकृयाहरू
...