Thursday 13th August 2026

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना पक्राउ


तिताेपाटी – महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चारजनालाई पक्राउ गरेको छ ।

कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली कला, संस्कृति र चाडपर्वको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निरेम इभेन्ट…

नेपालमा बढ्दो बेरोजगारी र वैदेशिक पलायनको चुनौतीबीच युवा उद्यमशीलता प्रवर्द्धनको आवश्यकता थप महसुस गरिएको छ। विज्ञहरूले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी…

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि सिंगापुरबाट हङकङ हुँदै बिहीबार नेपाल फर्किएका छन्। उनी फागुनमा स्वास्थ्य…

प्रतिकृयाहरू
...