Tuesday 23rd December 2025

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना पक्राउ


तिताेपाटी – महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चारजनालाई पक्राउ गरेको छ ।

कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...