तितोपाटी – म्याग्दी जिल्लामा दलित महिलाहरुको प्रथम जिल्ला भेलाले सम्झना परियारको संयोजकमा ११ सदस्यीय दलित महिला संघ म्याग्दीको तदर्थ समिति गठन गरेको छ ।
दलित महिला संघको प्रथम जिल्ला भेला भिम कुमारी बिश्वकर्माको अध्यक्षता हिजो शनिबार सम्पन्न कार्यक्रममा संगीता किसानले संचालन गरेको थिइन भने सम्झना परियारले स्वागत मन्तव्य राखेकी थिइन । उक्त कार्यक्रममा प्रमुख अतिथि दलित महिला संघ बाग्लुङको अध्यक्ष सरस्वती हरिजन रहेकी थिइन भने बिशिस्ट अतिथिमा राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय सचिवालय सदस्य टेक बहादुर बिश्वकर्मा र दलित अधिकारकर्मी याम बहादुर किसान रहेका थिए । त्यसैगरी अतिथिमा महिला संघ बाग्लुङ जिल्लाको उपाध्यक्ष पुनम बस्याल र बेनि नगरपालिका-७ को वडा सदस्य राज कुमारी बिश्वकर्मा रहेका थिए ।
दलित महिलाहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरण गर्नको लागि म्याग्दी जिल्लामा दलित महिला संघको गठन गरिएको दलित अधिकारकर्मी याम किसानले तितोपाटीलाई जानकारी गराएका छन । उक्त भेलालाई सम्बोधन गर्दै दलित महिला संघ बाग्लुङका अध्यक्ष सरस्वती हरिजनले राज्यको हरेक निकायमा दलित महिलाको अर्थपूर्ण र समानुपातिक सहभागिताको खाँचो छ । सिंगो महिला अान्दोलनले दलित महिलाका समस्यालाई समेटेको हुदा अब ३३% अारक्षण भित्र दलित महिलाको समानुपातिक सहभागितामा हुनुपर्छ । अनिमात्र हाम्रा मुद्दा उठान गर्न सहज हुन्छ । दलित महिलाहरु दलित, महिला र दलित महिला भएकै कारण बढी शोषणमा परिरहेका छन् । यो परिस्थितिबाट माथि उठ्नको लागि दलित महिलाहरु संगठित र जागरुक भएर अगाडि बढ्नुपर्ने अावश्यक रहेको कुरा बताएकी थिइन ।
उक्त भेलामा दलित मुक्ति मोर्चाका केन्द्रीय सचिवालय सदस्य टेक बहादुर बिश्वकर्मा, दलित अधिकारकर्मी याम किसान, पुनम बस्याल नेपाली र राजकुमारी वि.क. ले आ-अाफ्ना धारणा व्यक्त गरेका थिए । उक्त भेलाले सम्झना परियारको संयोजकत्वमा ११ सदस्यीय दलित महिला संघ म्याग्दी तदर्थ समिति गठन गरेको छ । समितिको उपसंयोजकमा राजकुमारी बिश्वकर्मा, सचिव विबा बिश्वकर्मा, सहसचिव सरिता किसान, कोषाध्यक्ष कल्पना भट्टराई (बिश्वकर्मा), सदस्यहरु सीता बिश्वकर्मा, अनिता बिश्वकर्मा, संगिता बोहरा, सिर्जना गोतामे, रस्मिता बिश्वकर्मा र दमवन्ति रुचाल रहेका छन । कार्यक्रमको अन्त्यमा भिम किमारी बिश्वकर्माले कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्नको निम्ति आफ्नो कार्य व्यस्तताको बाबजुद पनि उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि, अतिथि, पत्रकार लगायत सम्पुर्ण महानुभावहरु लाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन ।