Tuesday 4th November 2025

चर्चामा सैफ अलि खानकी छोरी “सारा अलि खान”


तितोपाटी – फिल्म ‘केदारनाथ’बाट अभिनयमा ‘डेब्यु’ गरेकी नायिका सारा अली खानलाई दोस्रो फिल्म ‘सिम्बा’ले नयाँ उचाई दियो। फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहँदा साराको चर्चा पनि राम्रोसँग चलिरहेको छ।

मिडियामा पनि राम्रो छाइरहेकी साराको यही लोकप्रियताको असर अहिले उनका पिता सैफ अली खानलाई देखिन थालेको छ। छोरीको लोकप्रियता बढेसँग मिडियामा पनि छाइरहेपछि सैफले उनलाई लगाम लगाउने तयारी गरेका छन्। समाचार अनुसार सैफले मिडियासँग साराको अन्तरसंवादलाई कम गराउन लगाम लगाउन लागेका हुन्।

‘आफ्नी छोरीको विषयलाई लिएर सञ्चारमाध्यममा बढी नै समाचार आउन थालेपछि सैफ केही चिन्तित देखिएका छन्। साराले दुई फिल्ममा मात्र काम गरेकी छन्। तर उनको चर्चा दर्जनौं फिल्ममा काम गरे जस्तै भएको छ। त्यसकारण पनि सैफमा चिन्ता देखिएको हो’, नबाब परिवारका एक सदस्यले भनेका छन्।

अहिले साराको हरेक गतिविधिमाथि ‘पापराजी’ले नजर लगाउने गरेका छन्। मिडियामा सारा आवश्यकता भन्दा बढी ‘एक्सपोज’ भएपछि पनि यसको चिन्ता सैफमा देखिएको छ। ‘सैफ आफ्ना सन्तानमाथि हरेक किसिमको दबाब लाद्न चाहँदैनन्। तर पनि साराको हकमा उनी अलिक फेरिएका छन्’, ती सदस्यले भनेका छन्।

पिता सैफले आफुप्रति अपनाएको सतर्कतामा सारा खुशी छिन्। नबाब परिवारमा पछिल्लो समयमा सबैभन्दा बढी मिडिया कभरेज पाउनेमा सैफका छोरा तैमुर छन्। मिडिया कभरेजकै कुरामा तैमुर र साराबीच प्रतिष्पर्धा नै चल्ने गरेको छ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट दलले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै पार्टीको…

तितोपाटी-पाल्पाको तानसेनमा जेनजी समुहको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  “अब आवाज उठ्छ परिवर्तनका लागि, कर्म बोल्छ राष्ट्रका लागि” भन्ने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सिरियाका लागि विशेष दूतले इजरायलले दक्षिणी लेबनानमा आक्रमण जारी राखेको बताएका छन् किनभने हिज्बुल्लाहसँग अझै पनि…

प्रतिकृयाहरू
...