Thursday 20th August 2026

धनुषामा जन्ती बोकेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु, ५ घाइते


तितोपाटी – तितोपाटी – धनुषा जिल्लाको सबैलाबाट जन्ती लिएर सिन्धुली फर्कंदै गरेको बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । धनुषाको सबैला नगरपालिका–४ स्थित जन्ती आएको बसमा सवार यात्रुको मृत्यु भएको सङ्घीय प्रहरी इकाइ जनकपुरका प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले बताएका छन् ।

घटनामा दुई बालक र स्थानीय एक महिलाको समेत जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, सबैलाले जनाएको छ। करेन्टले बसमा छुँदा आगो लागेपछि बेहुलाका दाजुको पनि जलेर मृत्यु भएको छ। अन्य करिव डेढ दर्जन घाइते भएका छन्। घाइते मध्ये करिव आधा दर्जनको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ।

उनका अनुसारआधा दर्जन बढीघाइते भएका छन्। करिब राती ८ : १५ को समयमा विद्युत् हाइटेन्सन लाइनको तारले बा ५ ख १७५२ नम्बरको बस छोएपछि यात्रुलाई करेन्ट लागेर ज्यान गएको हो। सिन्धुलीका वर्ष ९ का आक्रोश कुँवर, वर्ष २२ की पूजा अधिकारी, उमेर खुल्न नसकेकी लिला अधिकारी, धनुषा सबैला ४ पटेर्वाका केशव वेरी कुँवरलगायतको मृत्यु भएको हो।प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ।

प्रहरीका अनुसार बसको छतमा राखेको टिनको बाकसमा ११ हजार भोल्टको करेन्ट लाग्दा उक्त घटना भएको हो।जानकारी अनुसार बसमा सबैला नगरपालिका ४ बल्टीयाका रामभरोस दनुवारकी छोरीको विहेबाट फर्किदै गरेका जन्तीहरु चढेका थिए ।

प्रहरी नायव निरीक्षक मुक्तिनारायण यादवले भने बसमा करेन्ट लागेर ६ जनाको मृत्यु भएको र दर्जन बढी घाइते भएको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...