Friday 17th July 2026

चितवनमा ५० लाखको शाैचालय ! त्यो पनि प्रयोग नगरिकन खण्डहरमा परिणत भयो


तितोपाटी – पुर्वी चितवनको राप्ती नगरपालिकामा करीब ५० लाखको लागतमा निमार्ण भएको सार्वजनिक शौचालय प्रयोगमै नआई खण्डहरमा परीणत भएको छ ।  आधुनिक तथा सुविधा सम्पन्न स्नान घर तथा शौचालय निमार्णका लागि तत्कालीन जिल्ला विकास समीति, गाविस, साना किसान सहकारी, स्थानीय कलेजले करीब ५० लाख संकलन गरेर निमार्ण सुरु गरेका थिए । ३ बर्ष अघि नै निमार्ण सम्पन्न भएको यो स्नान घर तथा शौचालय एक दिन पनि प्रयोगमा नआई अहिले यस्तो अवस्थामा छ ।

राप्ती नगरपालिकाका मेयर प्रभा बरालका श्रीमान हरी पौडेल नै यो शौचालय निमार्ण समीतिका अध्यक्ष हुन । स्मार्ट नगरपालिकाको नारा लगाउने नगरपालिका निर्माण सम्पन्न भैसकेको सुविधासम्पन्न संरचनाको यो हविगत हुँदा भने मौन छ । निक्कै महंगो पर्ने धारा, टायल, सिसा फिटीङ गरीएपनि अहिले सबै टुट्ने फुट्ने भएका छन् । शौचालयको बाहिर परीसर भने दिशा पिसाब र फोहोरले भरिएको छ ।

अझै पनि राप्ती नगरपालिकाले शौचालय व्यवस्थापन गर्ने भन्दै विगत दुई बर्ष देखी २ ÷२ लाखका दरले बजेट बिनियोज गर्दै आएको छ । तर शौचालयको अवस्था विजोग छ । शौचालयको यो अवस्था हेर्दा राज्यको लाखाँै रुपैयाँ दुरुपयोग भएको स्पष्ट हुन्छ ।

-न्यूज२४


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...