Sunday 25th October 2026

पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव


तीतोपाटी-प्रस्तावित चरिकोट अस्पतालका चिकित्सकले पोस्टमार्टम गरी पठाएको शवसँगै अर्को एक शिशुको शव पनि पठाएको फेला परेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  ।

समाचारको अनुसार चिकित्सकले पोस्टमार्टम गरी पठाएको भीमेश्वर नगरपालिका–१ क्षमावतीका ४४ वर्षीय कालुमान थामीको शवसँगै अर्का एक शिशुुको शव पनि फेला परेको हो । तीन दिनअघि भिरबाट लडेर ज्यान गुमाएका कालुमानकोे शव प्रस्तावित चरिकोट अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि घाट लगिएको थियो । तर, थामीको शवसँगै नवजात शिशुुको शव पनि भेटिएको मलामी गएका स्थानीयहरूले बताएका छन् ।

दाहसंस्कारका लागि घाटमा पुगेर शव राखिएको पोको खोल्दा नवजात शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष वीरबहादुर थामीले बताए । वडाध्यक्ष थामीले चरिकोट अस्पतालको लापरबाहीका कारण कालुमानको शवसँगै नवजात शिशुको शव पनि प्याकिङ भएको बताए ।


सम्बन्धित शीर्षकहरु

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवासम्बन्धी विवाद चर्किएका बेला स्पेसएक्सका प्रमुख इलोन मस्कले युक्रेनले सेवाको प्रयोगसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाएका छन्।…

भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समयको निर्वासनपछि स्वदेश फर्किएकी छन्। उनले…

प्रतिकृयाहरू
...