Monday 28th July 2025

MHvsMB समु्हद्वारा माघे संक्रान्तीमा वृद्धवृद्धालाइ खाना र न्यानो वितरण


तितोपाटी –  सामाजिक सन्जाल फेसबुक ग्रुप बाट संचालित Mr.Handsome VS Miss.Beautiful Room Reloaded (MHvsMB) ग्रुपले माघे संक्रान्तिको अवसर पारेर काठमाडौं लाजिम्पाट स्थित ” The Hope Hermitage” आश्रम मा पुगी उक्त अाश्रममा अाश्रय लिइरहेका वृद्धवृद्धाहरूलाई खानपिन गराउनु को साथै न्यानो कपडा वितरण गरेकाे छ । उक्त आश्रममा १९ जना वृद्धवृद्धा बस्दै अाएका छन् । सो कुराको जानकारी उक्त समुहका सदस्य अभिनव शर्माले तितोपाटी डट कम लाई सो कुराको जानकारी गराएका छन् ।

अाफैले जन्माएका सन्तानले नै कतिपय वृद्धवृद्धाहरूलाई वास्ता नगर्दा बुढेसकालमा वृद्धाश्रममा दिनचर्य गुजार्न वृद्धवृद्धाहरू वाध्य भैरहेको अहिलेको असस्थामा Mr.Handsome VS Miss.Beautiful Room Reloaded (MHvsMB) ग्रुपले भने वृद्धवृद्धाहरूलाइ खाना र न्यानो कपडाहरू वितरण  गरेर उदाहरणिय सामाजिक कार्य गरेको छ ।

सहयोग वितरण कार्यक्रममा उक्त फेसबुक ग्रुपका प्रमुख सन्तोष सिलवालको  साथै ग्रुपका एडमिनहरू मुना बुढाथोकी , प्रबिना ढुँगाना , बिनिता धिताल साथै सल्लाहकार प्रतिछा निरौला, अमिर छेत्री ‌लगायत एक्टिभ मेम्बरको सहभागितामा रहेको थियो ।

कार्यक्रम मा बोल्दै एडमिन प्रबिना ढुंगानाले आमा बुबा भनेको जन्म र कर्म को लागि भगवान हुन भन्दै हामी ले भगवान खोज्न टाढा जानै पर्दैन । हाम्रै घर मा आमा बुबालाइ हेरे पुग्छ भन्दै वेसहारा बनेका वृद्धवृद्धाहरूलाई सहयोग गर्न पाउनु अाफ्नो समुहको लागि खुशीको कुरा भएकी बताएकी थिइन् ।

वृद्धवृद्धाहरूलाई सहयोग गर्ने अभियानमा सहयोग सन्तोष सिलवाल , सृजना खत्री , केशब भट्टराई खुस्बु आचार्य ले अार्थिक सहयोग गरेका थिए । “सकारात्मक सोच समाज परिवर्तन को पाटो , समाज सेवा र मनोरञ्जन हाम्रो बाटो ” मुल नारा रहेको उक्त ग्रुप ले बिभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ । यस अघि ब्रोनम्यारो क्यान्सर पिडित अन्जु रहपाललाई पनि आर्थिक सहयोग गरेको थियो।आगामी दिनमा पनि येस्तै सामाजिक काम साथै मनोरञ्जनात्मक कार्यक्रमहरू पनि गर्दै जाने उक्त ग्रुपले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘निरेम सांगीतिक उत्सव’ को तेस्रो संस्करण यही आउँदो डिसेम्बर १२ मा हुने घोषणा गरेको…

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

प्रतिकृयाहरू
...