Friday 10th April 2026

प्रतिनिधिसभा निर्वाचनमा उमेद्वार बन्न बालेन हर्कले दिए मेयरबाट राजिनामा


तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट स्वेच्छाले राजीनामा दिएका छन्। बालेनले माघ ४ गते  देखि लागू हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष औपचारिक रूपमा राजीनामा पत्र पेश गरेका हुन्। बालेन रास्वपाबाट झापा ५ बाट चुनाव लड्ने चर्चा छ ।

त्यस्तै   धरानका मेयर हर्कराज राई  (हर्क साम्पाङ्ग) ले आफ्नो  पदबाट राजीनामा बुझाएका छन् । त्यस्तै सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पदबाट आइतबार राजीनामा दिएका छ्न ।साम्पाङले कार्यपालिका बैठकमा उपप्रमुख आईन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन। हर्क आफ्नै नेतृत्वको दल रास्ट्रीय श्रम संस्कृति पाटीबाट सुनसरी १ बाट उमेद्वार बन्ने घोषणा गरेका छन ।

मेयरले राजीनामा पेश गरे सँगै उप–प्रमुखले कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्ने कानुनी प्रक्रिया अघि बढ्नेछ।

 

 


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानमार्फत वाशिंगटनलाई १०-बुँदे प्रस्ताव पठाएको छ र अप्रिल १० मा इस्लामाबादमा प्रत्यक्ष…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको बमबारी र आक्रमणको अभियानलाई स्थगित गर्ने घोषणा गरेका छन् । इरानले पठाएको १० बुँदे…

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

प्रतिकृयाहरू
...