Tuesday 7th April 2026

नेपाल मगर संघ शाखा कुवेतको पाँचौं अधिवेशन हुँदै


नेपाल मगर संघ शाखा कुवेतको पाँचौं ऐतिहासिक अधिवेशन कार्यक्रम माघे संक्रान्तिको अवसरमा आगामी जनवरी १६ तारिख शुक्रबार बिहान ११ बजे राजधानी प्यालेस होटल, खैतान, कुवेतमा आयोजना हुने भएको छ।

“इतिहास, भाषा, तेरेकृति संरक्षण–सम्बर्धन मगरहरूको मूल मन्त्र, जातीय पहिचान र स्वायत्त शासन संहिताको तेस्रो लोकतान्त्रिक गणतन्त्र” भन्ने नाराका साथ आयोजना हुन लागेको यस अधिवेशनमा विविध सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा माघे संक्रान्तिका परम्परागत खानाका परिकारहरू तथा मौलिक सांस्कृतिक प्रस्तुतीकरण मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै, नेपाल मगर संघका प्रथम सहिद लक्ष्मण थापा मगरको स्मृतिमा समर्पित यस कार्यक्रममा विभिन्न सहयोगी संघ–संस्थाहरूको सहभागिता रहनेछ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...