Thursday 29th January 2026

सरकारद्वारा एक लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरीको माग: पुस २५ गतेदेखि आवेदन खुल्ने


नेपाल सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै ठुलो संख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै निर्वाचन प्रयोजनका लागि कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।

निर्वाचनलाई भयरहित र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि भर्ना गर्न लागिएको यी प्रहरीका लागि इच्छुक व्यक्तिले यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन्। दर्खास्त दिने प्रक्रियालाई सहज बनाउन सरकारले सार्वजनिक बिदाका दिनमा पनि आवेदन लिने व्यवस्था मिलाएको छ। चुनावी सुरक्षाका लागि यो भर्ना प्रक्रियालाई महत्त्वपूर्ण मानिएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...