Friday 3rd April 2026

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने


कुवेतको नेपाली समाजमा ‘ सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि ‘ भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको सस्थाले पाँचौं अधिबेशन आगामी 23 जनवारी 2026 शुक्रबारका दिन संस्थाका केन्द्रीय प्रतिनिधिको उपस्थिति तथा संस्कृतिक कार्यक्रमको साथ गर्न लागिएको अध्यक्ष गगन सिहँ बिष्टले जानकारी दिए ।

सुदूरपश्चिमका विभिन्न ठाउमा बाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत आएका सुदूरपश्चिमेलीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा सक्रिय रहदै आएको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघ-संस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थिति को लागि अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकले अनुरोध समेत गरेको छ।

कार्यक्रमको विवरण :
मिति: 23 जनवारी 2026
समय: बिहानको ११ बजे
स्थान : राजधानी होटल, खैतान
आयोजक : सुदूरपश्चिमेली नेपाली समाज कुवेत


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...