Friday 2nd January 2026

सुदूरपश्चिमेली नेपाली समाज कुवेतको पाँचौं अधिबेशन आगामी जनवरी 23 मा हुने


कुवेतको नेपाली समाजमा ‘ सुदुर पश्चिमका लागि सुदुर पश्चिमेलि ‘ भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको सस्थाले पाँचौं अधिबेशन आगामी 23 जनवारी 2026 शुक्रबारका दिन संस्थाका केन्द्रीय प्रतिनिधिको उपस्थिति तथा संस्कृतिक कार्यक्रमको साथ गर्न लागिएको अध्यक्ष गगन सिहँ बिष्टले जानकारी दिए ।

सुदूरपश्चिमका विभिन्न ठाउमा बाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत आएका सुदूरपश्चिमेलीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, स्थापना कालदेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा सक्रिय रहदै आएको छ ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघ-संस्था समाजसेवी, बुद्धिजिवी, राजनीतिज्ञ, पत्रकार, खेलाडी र कलाकारहरुलाई कार्यक्रममा उपस्थिति को लागि अनुरोध गरेको छ । साथै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई दिनहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई आयोजकले अनुरोध समेत गरेको छ।

कार्यक्रमको विवरण :
मिति: 23 जनवारी 2026
समय: बिहानको ११ बजे
स्थान : राजधानी होटल, खैतान
आयोजक : सुदूरपश्चिमेली नेपाली समाज कुवेत


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...