Saturday 31st January 2026

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव र श्रम सहचारीको आगमन


कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै अधिकारीको आगमनसँगै दूतावासको सेवा अझ व्यवस्थित, छरितो र सहज हुने अपेक्षा प्रवासी नेपाली समुदायले व्यक्त गरेको छ।

प्रथम सचिव पोखरेल परराष्ट्र सेवाकी अनुभवी अधिकारी मानिन्छन्। स्विट्जरल्यान्डमा चार वर्षको कूटनीतिक सेवा पूरा गरेपछि कुवेत उनको दोस्रो विदेश मिशन हो। उनी ४ अक्टोबरमा कुवेत पुगेकी थिईन्। प्रशासनिक काम, कूटनीतिक समन्वय तथा दूतावासको दैनिक प्रक्रियालाई प्रभावकारी बनाउन उनको अनुभवले सकारात्मक प्रभाव पार्ने विश्वास समुदायमा छ।

श्रम सहचारी जनार्दन गौतम श्रम मन्त्रालयमा पाँच वर्षको अनुभव लिएर कुवेत आएका हुन्। यहाँ डेलिभरी ड्राइभर, सफाइ क्षेत्र तथा घरेलु कामदारसँग सम्बन्धित समस्याहरू बढ्दो क्रममा रहेका कारण, उनले सुरुदेखिनै श्रमिकका पक्षमा सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको छ। निवर्तमान श्रम सहचारी गिरि प्रसाद आचार्यको कार्यकाल सकिएपछि गौतमले नयाँ जिम्मेवारी सम्हालेका हुन्। श्रमिकका कानुनी प्रक्रिया, समस्या समाधान र मार्गदर्शनमा उनको भूमिका महत्वपूर्ण हुने विश्वास गरिएको छ।

यी दुई अधिकारीको संयुक्त प्रयास तथा समन्वयले कुवेतमा रहेका नेपाली समुदाय, श्रमिक तथा सेवा खोज्नेहरूलाई अझ छिटो, सरल र भरपर्दो सेवा उपलब्ध हुने आशा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...