Monday 19th January 2026

त्रिदेशीय प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले भारतलाइ २-१ ले हरायो


नेपाली राष्ट्रिय महिला फुटबल टोलीले इरान, नेपाल र भारत बिचको त्रिदेशीय फुटबल प्रतियोगितामा भारतीय टिमलाइ २-१ ले हराएको छ । सोमबार सिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन टिम कप्तान सावित्रा भण्डारी “साम्बा”ले भारत विरूद्ध २ गोल गरेर नेपालले जित निकालेको हो ।

खेल शुरू भएको २ मिनेटमै “साम्बा”ले नेपालको तर्फबाट गोल गर्दै नेपाललाइ अग्रता दिलाएकीमा पुनः साम्बले नै ६३ अाैं मिनेटमा दोश्रो गोल गरेपछि भारतलाइ हराउन नेपाल सफल भएको हो । भारतकी करिष्मा पुरूषोत्तम सिभाल्करले ८१ अाैं मिनेटमा १ गोल मात्रै फर्काउन सफल भइन्

यो जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ । नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो । पहिलो खेलमा इरानसँग २–० ले हारेको भारतले कुनै पनि अंक जोड्न सकेन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...