Wednesday 8th April 2026

इजरायल र हमासबिच पहिलो चरणको वार्ता, युद्दविराम गर्ने सहमित


इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो । अमेरिका नेतृत्वको गाजा शान्ति योजनाको पहिलो चरणमा सहमति गरेपछि इजरायली बन्धकहरू ‘धेरै चाँडै’ रिहा हुने अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन्। वार्ता सफल भए लगत्तै ट्रम्प आउँदो केही दिनभित्र इजरायलको यात्रा गर्ने तयारीमा छन् ।

अहिले भएको सहमतिलाइ इजरायली क्याबिनेटले अनुमोदन गरेपछि ७२ घण्टाभित्रै बन्धकहरू रिहा गरिनेछन् ।

हमासको कब्जामा एक नेपाली विपीन जोशी सहित २० जना जिवित बन्धक रहेको अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...