Monday 16th February 2026

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, २६ भन्दा बढिको मृत्यु


फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु र लगभग १५० जना घाइते भएका छन्। मध्य फिलिपिन्स टापु प्रान्त सेबुको तटमा गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी भवनहरू भत्किएका, मानिसहरू सडकमा दौडिएका र केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले मंगलबार (१३:५९ GMT) स्थानीय समय अनुसार राति ९:५९ बजे सेबु टापुको उत्तरी छेउमा करिब ९०,००० बासिन्दाहरू बसोबास गर्ने शहर बोगो नजिकै भूकम्प गएको र पहिलो भूकम्पपछि उक्त क्षेत्रमा ५ म्याग्निच्युड वा सोभन्दा माथिका चारवटा भूकम्प गएको बताएको छ।

प्रान्तमा ‘विपत्तिको अवस्था’ घोषणा गरिएको छ । बोगो शहर र अन्य प्रभावित शहरहरू र नगरपालिकाहरूले भूकम्पबाट भएको क्षतिको आकलन गर्दै ‘विपद्को अवस्था’ घोषणा गरेका हुन्।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...