Tuesday 20th January 2026

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, २६ भन्दा बढिको मृत्यु


फिलिपिन्समा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ भने भूकम्पमा परि कम्तीमा २६ जनाको मृत्यु र लगभग १५० जना घाइते भएका छन्। मध्य फिलिपिन्स टापु प्रान्त सेबुको तटमा गएको ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी भवनहरू भत्किएका, मानिसहरू सडकमा दौडिएका र केही क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले मंगलबार (१३:५९ GMT) स्थानीय समय अनुसार राति ९:५९ बजे सेबु टापुको उत्तरी छेउमा करिब ९०,००० बासिन्दाहरू बसोबास गर्ने शहर बोगो नजिकै भूकम्प गएको र पहिलो भूकम्पपछि उक्त क्षेत्रमा ५ म्याग्निच्युड वा सोभन्दा माथिका चारवटा भूकम्प गएको बताएको छ।

प्रान्तमा ‘विपत्तिको अवस्था’ घोषणा गरिएको छ । बोगो शहर र अन्य प्रभावित शहरहरू र नगरपालिकाहरूले भूकम्पबाट भएको क्षतिको आकलन गर्दै ‘विपद्को अवस्था’ घोषणा गरेका हुन्।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...