आज भोली आन्दोलनमा घुसपैठ भयो भनेर जेन जी पनि भन्छ, निबर्तमान सरकार र पुराना दलहरु पनि त्यसै भन्छन । अझ पूर्व प्रधानमन्त्री ले त पुलिस ले गोली नचलाएको वा पुलिसलाई गोली चलाउन आदेश नदिएको समेत भने । कसै कसैले आन्दोलन लाई नै फेक भनिदिए । नेताहरुको घर जल्दा जलेका पैसालाई फेक भिडियो पनि भनियो । आखिर त्यस्तै हो त ?
नबभारत टाईम्स मा प्रकाशित एक समाचारका अनुसार नेपालमा सत्ता परिर्वतनका लागि ९० करोड डलर को लगानी जेन जी आन्दोलनमा अमेरिकाको लगानी थियो भनेर लेखेको छ । भारतको अमेरिकासँग विग्रेको हालको सम्बन्ध का कारण यो समाचार नेपालीको ध्यान भडकाउन लेखिएको त होईन भन्ने कोणबाट पनि विश्लेषण भईरहेको छ । यदि त्यस्तै हो भने भारतकै खुपिया एजेन्सी स्वयम यस घटनामा संलघन नहोला भन्न सकिन्न । पूर्व प्रधानमन्त्री केपी ओली को चीन भ्रमण र त्यहाँ उनले उठाएको सीमा विवाद ले भारतीय सरकार चिढिएको पनि साँचो हो । नब भारत टाईम्स का अनुसार एमसीसी को ५०० मिलियन डलर छाडेर पनि ४०२ दशमलब ७ मिलियन डलर सरकारी तथा गैर सरकारी क्षेत्रमा विभिन्न परियोजना मार्फत आउने क्रम छदै थियो र त्यसमध्ये १५८ मिलियन डलर खर्च भई सकेको र अरु बाकी रहेको कुरा उल्लेख गरेको छ । सन २०२२ मा अनुमोदित बजेट मध्ये नागरिक समाज र मिडियाका लागि ३७ मिलियन डलर खर्च भएको उल्लेख छ ।
उक्त समाचारमा एनडिआई, आईआरआई र आईएफईएस का गतिविधी लाई संदिग्ध भनिएको छ । युवाहरुको असन्तोस, व्याप्त भ्रष्टचार, बेरोजगारी जस्ता कुराले जनताको मुड मापन गरेर युवाहरुलाई टुल किट को रुपमा प्रयोग गरिएको जनाईएको छ । नेपाल विगत देखि नै विभिन्न शक्ति राष्ट्रको खेल मैदान बन्दै आएको छ । जानेर वा नजानेर यहाँका दलहरु तिनका खेलाडी बन्दै आएका थिए । तिव्वत अमेरिकाको चिन विरुद्ध प्रयोग गर्ने अस्त्र हो भने नेपाल भारत को सुरक्षा चासो को केन्द्रमा रहेको देश हो । यहाँ बन्ने सरकारहरु कमजोर र कुटनैतिक रुपमा असक्षम हुदा बाहिरी शक्ति लाई खेल्न कुनै समस्या देखिन्दैन । भरखरै भएको आन्दोलन तीनै शक्ति को योजना मुताविक भई दिए ।
यसो भनि रहदा दोष विदेशी शक्तिहरुको मात्र हाईन, स्वदेशका राजनैतिक दलहरुमा गंभिर समस्या रहेको देखिन्छ । ओलीको उग्र राष्ट्रबाद यसको प्रत्यक्ष कारण हो भने कांग्रेसको सत्ता लिप्सा सहयोगी बन्न पुगेको देखिन्छ । संसदिय अंक गणीतका आधारमा चलिरहेको कुशासन ले अन्तत मुलुक लाई असह्यै पीडा दिएर गएको छ । यो आन्दोलन फाल्गुण चैत्र महिनामा हुन्थ्यो भने पुरा का पुरा शहरहरु खरानीको थुप्रोमा परिणत हुने थिए धन्य मौसम ले आगोलाई सहयोग गरेन ।
आन्दोलन जेन जी ले गर्दा त्यसलाई उग्र बनाउने काम रमेश लेखक र केपी ओली बाट भएकै हो । उनीहरुलाई लागेको थियो की चैत्र १५ गते भएको राजाबादीहरुको आन्दोलन लाई जसरी दवाउन सकिन्छ । तर त्यो उनीहरुको सुत्रले यसपटक काम गरेन बरु त्यस आन्दोलन ले मुर्छित शक्ति समेत थप शक्ति का साथ जेन जी का पक्षमा उभियो । जेन जी र राजावादी दुवै शक्ति का साथ मा रबि लामिछाने माथि राज्य लागेर गरिएको अन्याय को बिरुद्धमा आक्रोशित मानिस पनि उपयुक्त समय र मौका कुरिरहेका थिए , उनीहरु पनि थपिन पुगे । रबि माथि राज्य ले प्रतिशोध गरर्यो भनेर हस्ताक्षर गर्ने ४० लाख मानिस को अनुभूति लाई सरकारले उपहास मात्र गरेको थिएन, खिसिटयुरी गरिरहेको कसैलाई पनि मन परिरहेको थिएन । एमाले कांग्रेस सदनमा बहुमत र सडक मा सक्रिय पार्टी कार्यकर्ताको संख्यामा भरोसा गरिरहेका थिए । राज्य का सुरक्षा अंगहरु देखि अदालत सम्म उनीहरुले गरेको राजनितीककरण का कारण ढुक्क थिए । सवै प्रकारका संयन्त्र को तागत लगाएर दमन गर्ने सोचमा विश्वस्त थिए ।
यदि विदेशी शक्ति ले यस आन्दोलनमा खेलेको हो भने पनि त्यो मैदान उपलव्ध गराउने काम त सरकारले नै गरेको हो । देशमा व्याप्त एनजीओ र आईएनजीओ चलाउने काम त एमाले कांग्रेसले नै गरेका हुन । तिनले पालेका ती सँस्थाहरु उनीहरुलाई दान दिन र सहयोग गर्न मात्र उपस्थित भएका होईनन भनेर यीनले नबुझ्नु कस्तो विडम्बना हो । राज्य चलाउनेहरुमा पलाएको अहमता र मपाईत्वबाट यति धेरै अन्धा बनेका थिए की उनीहरु जे बोल्छन र जे गर्दछन त्यही कानून हो भन्न थालिसकेका थिए । पछिल्ला दिनमा उनीहरुले जनताको लागि सोसियल मिडियाको प्रभाव र असर कति छ र त्यसलाई पनि बन्द गरिदियो भने त्यसले कस्तो असर पार्छ भनेर बुझ्ने कोशिष नै गरेनन । तत्कालिक कारणका रुपमा जेन जी जगाउने काम नै सरकारले गरिदियो ।
अहिले पूर्व सरकारले जे जस्तो दलिल पेश गर्ने खोज्दैछ त्यो आफैमा गैह् जिम्मेवारपूर्ण छ । यदि उसलाई लागेको कुरा नै सत्य हो भने पनि त्यस अवस्था सम्म स्थिती आईपुग्दा किन चाल पाउन सकेन ? सरकारको विशेष अंगका रुपमा रहेको सिविआई ले के काम गरेर बसेको थियो । सरकारी जासुसी संयन्त्र कहाँ थिए ? जनताको कर खाएर पालिएका त्यत्राविधी कर्मचारीहरु ले किन चाल पाएनन ? जहाँसम्म नेपाल का नेताहरुको अनैतिकता र भ्रष्ट प्रबृती ले सव का सब संयन्त्र सरकार कै पदचाप मा कुरुप भईसकेका रहेछन । सवै को एउटै ध्यान सरकारी सम्पती लुट्ने, जनताको धन लुट्ने, मालामाल ठाउँहरु खोज्ने मा केन्द्रित रहेछ । यी पुराना दलका नेताहरु र कर्मचारीहरु सुन काण्ड , भूटानी शरणार्थी काण्ड, भिजिट भिषा काण्डहरु मा मुछिएका थिए । ओली सरकारलाई विगतका अपराधहरुका प्रमाण नष्ट गर्ने , लुकाउने, कमजोर बनाउने र विरोध गर्नेहरुलाई तर्साउने, समात्ने , झुठा मुद्धा लगाउने, जनताका असन्तोसका स्वरहरुलाई दवाउने काम गर्दा गर्दै अरु विषयमा सोच्ने फूर्सद नै थिएन । दुई ठुला दलहरु संगठित भएका नै त्यसका लागि थियो । जनताले यी सवै कुरा नजिकबाट निहाली रहेको थिए ।
जेन जी आन्दोलनमा माओवादी कार्यकर्ता सवै भन्दा धेरै सक्रिय भएको पाईयो । उनीहरुलाई कांग्रेस एमाले सँग बदला लिनु थियो त्यसै अनुरुप चले । कांग्रेसलाई समर्थन गर्ने युवाले एमाले का घर जलाउन पुगे, माओवादीका नेतालाई लक्ष्य बनाए । एमाले ले का युवाहरुले पनि कांग्रेस र माओवादी नेताहरु का घर जलाउन अघि सरे वा उक्साए । कोही कहि अछुतो छैन । राप्रपा वा रास्वपा लाई समर्थन गर्ने ले पनि त्यसै गरे । हुलमुल मा सवैले आफ्नो आफ्नो शत्रु का विरुद्ध कसैले अगाडी आएर कसैले पछाडी बसेर त्यो काम गरे । देश का सरकारी वा गैह् सरकारी कार्यलय जलाउन मा पनि यीनै दलमा समर्थन गर्ने युवाहरु नै देखिएका थिए । असंगठित र नेतृत्व विहिन आन्दोलनमा जसलाई जे मन लाग्छ त्यही गरे । यहाँ कोही शुद्ध छैनन ।
फोटो र भिडियोमा देखिए जति सवैलाई समात्ने हो भने देशमा रहेका धेरै सरकारी स्कुल बन्द गरेर जेल बनाउन पर्ने हुन्छ । त्यो शक्ति अहिले को शुशिला कार्कीको सरकारको सामथ्र्य ले भ्याउदैन । अर्को कुरा बर्तमान गृहमन्त्री ले जेन जी हरुको रगत को आहालमा खेलेर मन्त्री बन्न पुगेका ले उनमा त्यो नैतिक साहस पनि छैन । उनी र बालेन कहाँ बाट परिचालित थिए त्यो समयले बताउला तर यस आन्दोलन लाई उक्साउने र संयोजन गर्ने काम उनीहरुकै हो त्यसमा किंचत भ्रम नपाले हुन्छ ।
पुराना दलहरुमा सत्ता खोसिएको मात्र चिन्ता छैन उनीहरुको कुकर्मको पर्दा उघ्रिएला भन्ने डर धेरै छ । बर्तमान सरकारले भ्रष्टचारको छानविन गर्न थाल्यो, आन्दोलनमा जनता मार्नेहरुलाई समात्न थाल्यो भने यो सत्ता लाई टिक्न दिने छैनन । बरु उनीहरु जेन जी पुस्ता का लिडर माथि सबै दोष थोपर्न चाहान्छन । मृतक सँग उनीहरुको कुनै सरोकार देखिएको छैन । अस्पतालमा उनीहरु कुनै घाईते भेटन गएका छैनन , मृतक का परिवार लाई सान्तवना दिएका छैनन । कस्ता मानिस लाई सरकारमा लाने भन्ने सकस प्रम शुशिला कार्कीमा पर्नु नै यसको प्रमाण हो । चुनावमा सवैले भाग लिएर संविधान लाई ट्रयाक मा ल्याउने हो भने विग्रिएको केही छैन । आफ्ना भ्रष्ट र असक्षम नेताहरुका लागि तिनका भोटर तथा समर्थक ले जुलुस निकाल्न थाले भने अवस्था यो भन्दा भयावह हुन्न भन्न सकिन्न । नजानिदो रुपमा बदला को भावनाले अशान्ति मच्चाउदै जादा देश गृह युद्ध को जस्तो अवस्थामा पुग्न बेर लाउदैन । यहि अवस्थाको पर्खाईमा अझै पनि कतिपय बाह्य शक्तिहरु क्रियाशिल छन भनेर सबैले बुझ्न जरुरी छ ।
सरकारी सम्पती होस या व्याक्तिको सम्पती मा आगो लगाउनु निन्दनिय र दण्डनिय छ तर त्यसका लागि चुनावी सरकारलाई साथ दिएर दुध का दुध पानीका पानी छानविन गर भन्न सक्छन पुराना दलहरु ? राजनैतिक मुद्धामा विमती र असहमती होला तर अपराध लाई कानून को कठघरामा ल्याउन का लागि कमसेकम सवै को न्यनतम सहमती किन हुन सक्दैन ? यो पटक पनि अघिल्लो पटक जस्तै छानविन नै नहुने हो र कसैलाई कारबाही नै नहुने हो भने अर्को पल्ट हुने आन्दोलन कस्तो भयावह र पिडादायी होला कल्पना गरौ त । यसर्थ सवै प्रकारका अपराध लाई यो सरकारले छानविन गर्ने पर्दछ । जनजी का नाम मा भएका अपराध हुन वा त्यस भन्दा पहिले सरकारले दम्भका भरमा गरेका कुनै पनि अपराध हुन सवै लाई कानूनी दायरामा ल्याउनै पर्दछ ।
आफ्नो कमजोरीहरु र असक्षमता लाई टाल्न अदृष्य शक्ति देखाएर कोही पन्छन मिल्दैन । घाईते सवै को निशुल्क उपचार हुन पर्दछ , मृतक का परिवारको लागि सवै प्रकारको जीवनबृतीको आधार दिन पर्दछ । देशले ठुलो पिडा भोगेको छ त्यसमा मलमपटटी गर्न सवै ले सहयोग गर्न पर्दछ । व्याक्ति गत सम्पती जलेका स्थानिय निकायका पदाधिकारीहरुलाई क्षतिपुर्ति उपलव्ध गराउन पर्दछ । पुर्न निर्माण का लागि अभियान चलाउन पर्दछ । फेरी पनि यो सवै काम का लागि सवै ले कमजोरी र गल्तीबाट पाठ सिकेर जुट्नुको विकल्प छैन ।
आजको आन्दोलनलाई ‘खेल’ भनी अल्पमान्ने, ‘फेक’ ठहर्याउने वा बाह्य शक्तिलाई मात्र दोष दिने प्रवृत्ति सम्वेदनशील वास्तविकतालाई ओझेलमा पार्छ। साँचो कुरा के हो भने—यो आन्दोलन युवाको असन्तोष, आर्थिक कठिनाइ, षड्यन्त्रप्रति आक्रोश र संरचनात्मक असफलताको परिणाम हो। आन्दोलनले उग्र रूप लिनुका पछाडि बाह्य र आन्तरिक दुबै कारक ले काम गरेको हुन सक्छ; तर मैदानमा आउने ठाउँ उपलब्ध गराउने, नीति र संस्थागत कमजोरी झल्काउने काम त हाम्रोै नेतृत्व र प्रणालीले नै गरेको हो।