Saturday 18th October 2025

सरकार ढल्यो तर रबि ढलेन ? चिन्ता यहि हो ?


जेन जेड आन्दोलन ले ४८ घण्टा भित्र सवै कुरा ढालि दियो तर रबि लामिछाने ढलेन । पूर्व सरकारमा सामेल दलका नेता कार्यकर्ताहरुको मूल चिन्ता अहिले पनि यहि हो । देश ढलिसक्यो । उनीहरु स्वयम का घरहरु ढले, नढल्न पर्ने कयौ संरचनाहरु ढले ।

देश जलिरहेको थियो । जेल प्रशासन ले जिम्मा लिन रबि को पार्टी रास्वपा र उनको परिवारलाई बोलाई रहेको थियो तर रबि ले जेल मा आगो लगाई दियो । रबि जेलबाट भाग्यो । उसकै कारण देश भरीका सवै कैदी भागे । उसैका कारण सवै जेलहरु जले यस्तो भाष्य निर्माण मा एक थरी लागे र अझै त्यहि प्रकारको प्रचार गरिरहेका छन । यसले के देखाउछ भने रबि यो देशमा यीनीहरुका लागि सवै भन्दा खतरा हो । जेन जेड ले गरेको आन्दोलनलाई पनि रास्वपा को आन्दोलन बनाउन लागि परेका छन । यसले देखाएको कुरा के हो भने संविधान बच्यो तर आउने चुनावमा हामीलाई जनताले समर्थन यहि रबि का कारणले गर्ने छैनन भन्ने चिन्ता उनीहरुको हो । जेन जेड कुनै पार्टी होईन । सवै का घर घरमा यो पुस्ता छ । यसले चुनावमा कुनै भूमिका निभाउन सक्दैन यसर्थ अझै उनीहरुलाई भय छ त रास्वपा कै छ ।

एक थरी ले सानो स्वरमा दुर्गा प्रसाई को समुह लाई पनि दोष लगाउदैछन । केही ले राजावादीहरु पनि मिसिएको बताउछन । बालेन लाई जेन जेड को नेता हो पनि भनेका छन । तर यो के हो भनेर सरकारलाई किन थाहा भएन ? थाहा थियो भने किन समय मा नै रोक्न सकेन ? राज्य लाई यति कुराको समेत पूर्व जानकारी र त्यसलाई रोक्ने सामथ्र्य हुदैन भने त्यो सरकार कसले र कहाँ बाट चलाएको थियो भनेर प्रश्नहरु उठन थालेका छन ।

एकथरी मानिसहरु सेनाले अवस्थालाई कन्ट्रोल गर्न चाहेन भन्दैछन । अर्का थरी ले सेनाको हातखुटटा बाधेर राखिएको बताउछन । खैर जे होस यो घटनाले खुल्ला सिमाना हुनु र विदेशी खुफियाहरु नेपाल का सवै तहमा कर्मचारी वा नेताको भेषमा रहनु को परिणा हो । ईजरायल ले ईरानमा हमला गर्दा एक हजार भन्दा धेरै शत्रु देशका लागि जासुस गर्ने समात्यो र तुरुन्तै सयौ लाई मृत्युदण्ड दियो तर हाम्रो देशमा कुनै पनि घटनामा दोष विदेशी लाई दिईन्छ तर एउटा जासुस समातिदैन ।

सरकार बास्तबमा नै सरकार जस्तो नहुनु को परिणाम आज मुलुकले भोग्दैछ । सरकार सवैको हुन नसक्नु , व्याप्त दम्भले विरोध सुन्न नसक्नु , भ्रष्टचारले देश थिलथिलो हुन को पिडा मुलुक ले भोग्दैछ । यसको जिम्मा यी राजनैतिक दलहरु जो ३५ बर्ष देखि सत्तामा आलो पालो बसेका छन तिनले लिन पर्दैन ? अहाँ उनीहरु ले कहिल्यै चेत्ने छैनन । आन्दोलनका एक साता नवित्दै उनीहरुले जसरी टाउको उठाएका छन त्यसले देखाउछ यीनलाई सत्ता भएन भने बाँच्नै सक्ने छैनन । यीनिहरुलाई देशको बरबादी र जनताका छोरा छोरीको मृत्यु सँग कुनै मतलब छैन । आत्मा समिक्षा गर्ने , नेतृत्वले गरेका गल्तीहरुलाई उठाउने र व्याप्त असन्तुष्टि सम्बोधन गर्न तिर लाग्छौ नभनेर पख तलाई को शैलीमा जाग्न थाल्नु आफैमा विडम्बनापूर्ण छ । यीनले कहिल्यै चेत्ने छैनन ।

यस्तो लाग्छ यीनिहरुले आगामी चुनाव सहजै हुन दिने छैनन । आन्दोलन गरेर भए पनि शुशिला कार्कीको सरकारलाई अपदस्त गर्ने र संसद व्युताएर ओली देउवा को आलो पालो को निरन्तरता दिने जस्तो रणनिती बनाउने कसरत गर्ने छन । किनभने उनीहरु जनता माझ जान सक्दैनन । उनीहरुलाई ६ महिना भित्रै जनताले पत्याई हाल्ने अवस्था छैन । त्यसो हो भने अब फाईदा रास्वपा लाई हुने उनीहरु ले देखि सकेका छन ।

 

सत्ताको उन्माद मा जसरी एउटा मान्छेको पछि निरन्तर राज्यसत्ताको दुरुपयोग गरियो त्यो आक्रोश र निराशाले जेन जेड आन्दोलनमा बल पुरयाएन भन्न सकिन्दैन । देशभरी नै रबि प्रति बढदै गएको सहानुभूती र सरकारप्रतिको आक्रोश यो आन्दोलन मा मिसिएन भन्न सकिन्न तर रास्वपा ले व्याक्ति को घर जलाउने , सरकारी सम्पतीमा आगो लगाउने काम गरर्यो भन्ने थप अर्को मित्थ्या प्रचार र षडयन्त्रको निरन्तरता भन्दा अरु केही होईन । रास्वपा गुण्डाहरुको पार्टी होईन । त्यहाँ बौद्धिकताको भरपुर बीज छ । त्यहाँ उन्नत लोकतन्त्र को अभ्यास हुदै आएको छ । त्यहाँ राष्ट्रवादको जग छ । त्यहाँ विधी र थिती बसाउने उदघोष छ । त्यहाँ पुराना दलका जस्ता मासुभाते कार्यकर्ता छैनन । त्यहाँ कुनै पनि गुण्डा नायीके , टोले गुण्डाहरु को झुण्ड छैन । त्यहाँ भ्रष्टचारी पार्टीले जस्तो थुपारेको धन छैन । त्यहाँ बेईमान मानिसहरुको सञ्जाल छैन । यस्तो पार्टी ले न कहिल्यै आगजनी गर्दछ । न मान्छे मार्दै हिडछ । रगत को थोपा नबगाई क्रान्ति गर्ने भएका ले उसको अभियान लाई निलो क्रान्ति सँग जोडिएको हो । तैपनि सत्ताबाट सडक मा पछारिएका भ्यागुत्ताहरु सडक किनारामा टर्वार टवार्र गर्न छाडेका छैनन । मिडियामा भुसिया कुकुर झै भुक्न छाडेका छैनन ।

 

रास्वपा पार्टीमा आवद्ध नभएर नै लाखौ मानिसहरुले समर्थन गरिरहेका छन । ती चलायमान बौद्धिक युवा र सचेत नागरिकहरु भोली रास्वपा ले ठिक ढंगले काम गर्न सकेन भने रास्वपा रुंगेर झोले बनेर बस्ने छैनन । विश्वास को जगमा, आशा र भरोसा को अन्तिम विन्दु मानेर समर्थन गरिरहेका छन । त्यसलाई भत्काउनु भनेको झन ठुलो संकटमा मुलुक लाई पुरयाउनु हो । मुलुक मा प्रजातान्त्रिक धारको संवाहक बनेको रास्वपा लाई खुईल्याएर मुलुक लाई दिशाविहिन बनाउन कसैले पनि दुस्साहास गर्न हुदैन । बेलै मा सवैलाई सतबुद्धी पलाओस ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा…

अन्तर्राष्ट्रिय झापाली समाजको प्रतिनिधि टोलीले आज झापाको भद्रपुरस्थित एयरपोर्ट होटलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात,…

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

प्रतिकृयाहरू
...