Tuesday 20th January 2026

सुडानमा अविरल वर्षापछिको पहिरोको कारण हजाराैंको मृत्यु


सुडानका लगातारको भारी वर्षापछि गएको पहिरोमा परि १ हजार जना भन्दा बढिको ज्यान गएको छ । गत अगष्ट ३१ मा गएको पहिरोको कारण सिंङ्गो गाउँ नै सखाप भएर गाउँका एक जना मानिस मात्रै बाँच्न सफल भएको खबर छ ।सूडानको विद्रोही संगठन सूडान लिबरेशन मुभमेन्ट/आर्मीले पश्चिमी क्षेत्रमा पहिरो गएर सो संख्यामा मानिसहरूको हताहत भएको जनाएको हो ।

आइतबार पहिरो गएर उक्त संख्यामा मानिसहरूको हताहत भएपछि विद्रोही संगठनले संयुक्त राष्ट्र संघ र अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट मानवीय सहयोगको लागि अपील गरेको छ।

सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (RSF) बीचको युद्धपछि उत्तरी डार्फर राज्यका धेरै बासिन्दाहरूले मारा पर्वत क्षेत्रमा शरण लिएका थिए।

सुडानमा अप्रिल २०२३ मा सुडानी सेना र आरएसएफ बीच सुरु भएको गृहयुद्धले देशलाई अनिकालमा डुबायो र पश्चिमी डार्फर क्षेत्रमा नरसंहारको आरोप लागेको छ जहाँ डेढ लाख भन्दा बढि मानिसहरू मारिएको अनुमान गरिएको छ भने करोडाैं मानिसहरू घर छोडेर भागेका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...