Wednesday 8th April 2026

पाकिस्तानमा परिहरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुग्यो


पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ पुगेको छ।

शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा क्लाउड ब्रस्ट हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएकोे हो ।

भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए।

पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ। जिल्ला उपायुक्त कासिफ कयुम खानको कार्यालयले १२० जना घाइते भएको र ५० जना अझै बेपत्ता रहेको जनाएको छ।

पिडिएमएको रिपोर्टअनुसार अन्य जिल्लाहरूमा पनि ठूलो मानवीय क्षति भएको छ।

शाङ्लामा ३७, मानसेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टाग्राममा १५ र लोअर दीरमा ५ जनाको मृत्यु भएको छ।

क्षतिको भयावह अवस्थालाई मध्यनजर गर्दै खैबर पख्तुनख्वा सरकारले सबैभन्दा बढी प्रभावित जिल्लाहरू– बुनेर, बाजौर, स्वात, शाङ्ला, मानसेहरा, तोरघर, अपर तथा लोअर दीर र बट्टाग्राममा संकटकाल घोषणा गरेको छ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...